२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ

२०७४, २५ असार आईतवार ११:१२

असार २५, भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । 

गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो । 

बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिनुभयो । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ । 

अभियुक्त बमलाई जबर्जस्ती करणी अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने