मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गो"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रमुख अतिथि बिबादले कांग्रेसका प्रतिनिधिले सपथ लिएनन्

२५ असार २०७४, आईतवार ११:४२


मोहम्मद ईजहार शेष/असार २५, परासी । नवलपरासीको सरावल गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुमध्ये नेपाली कांग्रेस बाहेकका निर्वाचित प्रतिनिधिहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

बिना प्रमुख अतिथिको आयोजना भएको सपथ कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरम , नेकपा एमाले र माओबादी केन्द्रका उमेदवारले सपथ लिएपनि नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधिहरुले सपथ कार्यक्रममा अनुपस्थित भएका छन् । 

यस अघि सुक्रवार आयोजना गरीएको सपथ कार्यक्रममा प्रमुख अतिथिको बिबादका कारण कार्यक्रम स्थगित भएको थियो । सपथ कार्यक्रममा सरावल गाउँपालिकाको कार्यालयले प्रमुख अतिथिका लागि क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनाललाई बोलाएको थियो भने निर्वाचित गाउपालिका प्रमुख राधेश्याम थारुले पुर्व रक्षाराज्य मन्त्री रामबचन यादवलाई बोलाएपछि बिबाद भई कार्यक्रम स्थगित भएको थियो । 

निर्वाचन अधिकृत टिकाराम ज्ञवालीको अध्यक्षतामा आज गाउँपालिका प्रमुख राधेश्याम चौधरी , वडा नम्बर १ , २ , ५ र ६ नेपाल लोकतान्त्रिक फोरमका प्रतिनिधि र वडा नम्बर ७ मा बिजयि माओबादी प्यानलका प्रतिनिधिले सपथ लिएका छन् । 

कार्यक्रममा फोरमका केन्द्रिय सदस्य अनिल गौंड र नेकपा एमालेकी राज्य कमिटि सदस्य भगौती भण्डारीले नवनिर्वाति प्रतिनिधिहरुका सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । यता नेपाल लोकतान्त्रिक फोरमवाट निर्वाचित प्रमुख राधेश्याम चौधरीले कांग्रेसका प्रतिनिधिहरुलाई पनि सपथमा बोलाईएपनि अनुपस्थित भएको बताउनु भएको छ भने नेपाली कांग्रेसवाट उप प्रमुखमा निर्वाचित उत्तमा रायले फोरमले नियम मिचेर अघि बढिरहेकोले आफुहरु सपथमा सहभागि नभएको प्रतिक्रिया दिनु भएको छ ।  

प्रतिनिधिहरु निर्वाचित भएपछि सबै पार्टिका प्रतिनिधि भएपनि उक्त गाउँपालिकामा फोरम र कांग्रेस बिच तालमेलको अत्यन्त कमि देखिएको छ । यसरी जनताको आवश्यक्तता बुझेर काम गर्नुभन्दा उनिहरु पार्टिकै लडईामा कार्यकाल समाप्त पार्ने भन्दै स्थानीयहरु गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो