दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्ज"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लैंगिक मुलप्रबाहिकरणको ताजकिमा कालिकोटका जनप्रतिनिधि

२०७४, २५ असार आईतवार १२:२१


दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्जुमामा आफ्ना कार्ययोजना समेटियोस् भन्ने हेतुले जिल्लाका भिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी तथा समन्वयात्मक कार्यक्रम गर्नेक्रम बढ्दो अवस्थामा रहेको छ । 

नव निर्वाचित जनप्रतिनिधिहरुलाई अहिले विभिन्न कार्यक्रममा उपस्थिति जनाउन भ्याईनभ्याको अवस्था रहेको छ । यसै क्रममा महिला तथा बालबालिका कार्यालयले पनि महिलाका हरेक सवालहरु प्रथामिकिकरण गरी योजना तर्जुमामा समाबेश गराउने उद्देश्यले नव निर्वाचित जनप्रतिनिधिहरुका लागि ३ दिने लैंगिक मूल प्रवाहिकरण सम्बन्धि कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ । जिल्लामा लैंगिक विभेदको अवस्था यसका कारण, निराकरणका उपाए र कानुनी ब्यवस्था बारे जनप्रतिनिधिहरुलाई जानकारी गराई स्थानीय तहको योजना तर्जुमामा लैंगिक सवाल प्राथमिकरण बारे सुसूचित गराउदै गोष्ठी सम्पन्न भएको हो ।

महिला तथा बालबालिका कार्यालयबाट हाल संचालन भैरहेको कार्यक्रम र प्रगतिको अवस्थाबारे जानकारी गराएर सुरु भएको गोष्ठीमा लैंगिक हिंसाका सवाल यसका प्रकार र कानुनी ब्यवस्थाबारे सरकारी कार्यालयका वकिल उत्तम थापाले सहजिकरण गर्नु भएको छ भने योजना तर्जुमामा लैंगिक सवाल प्राथमिकिकरणका तरिका र नेपालको संविधान २०७३ मा गरिएको ब्यवस्था बारे जिल्ला विकास समन्वय समितिका प्रतिनिधि प्रबलजंग शाहीले सहजिकरण गर्नु भएको छ ।

 महिला तथा बालबालिका कार्यालयमा प्रमुख सोविता राणाको अध्यक्षतामा संचालन भएको गोष्ठीमा जिल्लाका सबै नगर तथा गाउपालिकाका प्रमुख एवं उप्रमुख, पत्रकार नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको छ । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो अबको अभियानमा महिला हिंसाका सवाललाई पहिलो प्राथमिकतामा राखेको र यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन यो गोष्ठीले थप सहजता ल्याएको भन्दै आयोजक कार्यालयलाई धन्यवाद समेत दिएका छन् ।

जिल्ला सदरमुकाम मान्म खाडाचक्रको होटल हिलसाइडमा आयोजित कार्यक्रममा नवनिवार्चित नजप्रतिनिधिहरुलाई अविर एवं दोशल्ला सहित सम्मान गरिनुका साथै सफल कार्यकालको शुभकामना समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला