दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्ज"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लैंगिक मुलप्रबाहिकरणको ताजकिमा कालिकोटका जनप्रतिनिधि

२५ असार २०७४, आईतवार १२:२१


दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्जुमामा आफ्ना कार्ययोजना समेटियोस् भन्ने हेतुले जिल्लाका भिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी तथा समन्वयात्मक कार्यक्रम गर्नेक्रम बढ्दो अवस्थामा रहेको छ । 

नव निर्वाचित जनप्रतिनिधिहरुलाई अहिले विभिन्न कार्यक्रममा उपस्थिति जनाउन भ्याईनभ्याको अवस्था रहेको छ । यसै क्रममा महिला तथा बालबालिका कार्यालयले पनि महिलाका हरेक सवालहरु प्रथामिकिकरण गरी योजना तर्जुमामा समाबेश गराउने उद्देश्यले नव निर्वाचित जनप्रतिनिधिहरुका लागि ३ दिने लैंगिक मूल प्रवाहिकरण सम्बन्धि कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ । जिल्लामा लैंगिक विभेदको अवस्था यसका कारण, निराकरणका उपाए र कानुनी ब्यवस्था बारे जनप्रतिनिधिहरुलाई जानकारी गराई स्थानीय तहको योजना तर्जुमामा लैंगिक सवाल प्राथमिकरण बारे सुसूचित गराउदै गोष्ठी सम्पन्न भएको हो ।

महिला तथा बालबालिका कार्यालयबाट हाल संचालन भैरहेको कार्यक्रम र प्रगतिको अवस्थाबारे जानकारी गराएर सुरु भएको गोष्ठीमा लैंगिक हिंसाका सवाल यसका प्रकार र कानुनी ब्यवस्थाबारे सरकारी कार्यालयका वकिल उत्तम थापाले सहजिकरण गर्नु भएको छ भने योजना तर्जुमामा लैंगिक सवाल प्राथमिकिकरणका तरिका र नेपालको संविधान २०७३ मा गरिएको ब्यवस्था बारे जिल्ला विकास समन्वय समितिका प्रतिनिधि प्रबलजंग शाहीले सहजिकरण गर्नु भएको छ ।

 महिला तथा बालबालिका कार्यालयमा प्रमुख सोविता राणाको अध्यक्षतामा संचालन भएको गोष्ठीमा जिल्लाका सबै नगर तथा गाउपालिकाका प्रमुख एवं उप्रमुख, पत्रकार नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको छ । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो अबको अभियानमा महिला हिंसाका सवाललाई पहिलो प्राथमिकतामा राखेको र यसलाई प्रभावकारी ढंगले अगाडी बढाउन यो गोष्ठीले थप सहजता ल्याएको भन्दै आयोजक कार्यालयलाई धन्यवाद समेत दिएका छन् ।

जिल्ला सदरमुकाम मान्म खाडाचक्रको होटल हिलसाइडमा आयोजित कार्यक्रममा नवनिवार्चित नजप्रतिनिधिहरुलाई अविर एवं दोशल्ला सहित सम्मान गरिनुका साथै सफल कार्यकालको शुभकामना समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य