२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पसलमा भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुटियो

२०७४, २६ असार सोमबार ०१:३०


प्रेम सुनार/असार २६, गुल्मी । चुनाव ताका दलित समुदायहरु हरेक राजनैतिक दलका  लागि निकै प्यारा बन्छन् । 

भाषणमा महान जनता सम्वोधित हुन्छन ।  अघि पछि छिःछिः  र  दुरदुरको व्यवहार गर्नेहरु पनि  चुनावताका तिनै दलित समुदायको घर भित्र पसेर खाना  समेत खाएर  जातिय समानताको मञ्चन गर्न र उनिहरुलाई जातिय मुक्तीको आश्वासन समेत  दिन  भ्याउँ छन् । तर चुनाव सकिए लगत्तै तिन दलका कार्यकर्ताहरुको दलितहरुलाई हेप्ने , विभेद गर्ने  प्रवृद्धि उहि पुरानै रहँदै आएको छ  ।

त्यसको ज्वालन्त उदाहरणका रुपमा गुल्मीको एक घटनालाई लिन सकिन्छ ।  पिडित पक्षका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक  पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसल भित्र पिसाव फेरी दिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले गोरु चुटे झैं चुटेर मरणाशन्य बनाईएको छ ।

त्यस वडाका ४२  वर्षिय कर्णबहादुर सार्कीलाई हलोगाडे वजारमा किराना पसल संगै घरेलु मदिरा बेच्दै आएका टेकबहादुर कार्कीका श्रीमति शोभा कार्की र उनका छोरा कृष्ण कार्कीले मरणशन्य  हुने गरी कुटपिट गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पसलमा खान खाएको भाँडा नमाझेको र पिसाव समेत फेरेको आरोपमा कुटपिछ गरिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका असई सत्यनारायण यादवले बताए ।

निर्घात कुटिएका सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । उनको टाउँकोमा घाउहरु छन् । आँखामा रगत जमेको छ । ढाडमा लाठीका निलाडाम रहेका छन् ।  वायाँ पट्टीको सातौ नम्वरको करङ्ग समेत भाँचिएको  उनको उपचारमा संगल्न डाक्टर सुरेन्द्र रायमाझीले बताए ।

 पिडितको वयान यस्तो छ

–म चामल  लिन भनेर उनिहरुको पसलमा गएको थिएँ ।

–एक गिलास जति रक्सी खाएर जान्छु भनेर खाना थाले।

–खाँदै जाँदा तिन गिलास खाएछु । त्यो रक्सी खाएका भाँडा माझेर घर जा भन्नु भयो । रक्सीको बेला मैले अलि अटेर गरे जस्तो गरेछु । 

–त्यस पछि माझेर जान्छु भनेर भाँडा माझ्ने ठाउँतिर पसे 

–रक्सी अलि लगेको थियो । म भाँडा माझ्ने ठाउँमा लड्न –पुगेर  पानी भएको भाँडो मरो शरिर भरी प¥यो र म पनि भिजे, भुईभरी पनि  पानी भयो । साहुनी शोभाले त्यसै वेलामा भुँईमा पिसाव फे¥यो भन्ने वाहना बनाएर कुट्दै बाहिर निकाल्नु भएको हो ।

–त्यस पछि मेरी श्रीमति आएर थप कुटाई खाने डरले ओमबहादुर सिहको घरमा ल्याएर सुताईन

–त्यही घरमा सुतिरहेको बेला उनका छोरा कृष्ण खोज्दै आएर  एकाएक लाठी वर्षाए पछि म बेहोस भएर ढलेको हुँ ।

यसो भन्छिन् उनकी श्रीमति

–यदि पिसाव फेरेकै भए म लिपी दिन्छु भनेकै थिएँ । उनैका  पसलमा     रक्सीले टिल पर्नु भएका मान्छेलाई नकुट्नुस भनेर हात जोड्ता पनि हानेको हानै गरे । ओमबहादुर सिंहको घरमा रोक्न खोज्नेलाई पनि दिईएन्

–त्यहाँका पसल होटलहरुलाई हामी दलितले खाएको भाँडा नमाझ्ने हो भने त बाँच्नु छैन् । सधै माझ्दै आएका थियौं  , उहाँले पनि माझ्नु हुन्थ्यो होला तर रक्सी लागेर होला लड्नु भए छ ।

स्थानिय दलित महिला प्रतिनिधी मिरा बिश्वकर्मा

–त्यहाँका होटल पसलमा सधै त्यस्तै हो । भाँडा त अनिवार्य माझ्नु पर्दछ । 

–दमन र अत्यचार त सहँदै आएका थियौं तर हिजो गोरु चुटे झैं चुटेर वेहोस बनाउँदा स्टेचरमा हालेर अस्पतालमा लैजान समेत अवरोध गरियो ।

–त्यसरी कुट्न नहुने भनेर आवाज उठाउँदा म आफुको समेत घरमा गएर हातपातको प्रयास गरियो ।

–म कांग्रेसबाट दलित महिला उमेदवार  रहेको र उहाँ कांग्रेसमा भोट हालेको रिस समेत साँधियो ।

–यति वुलो घटनालाई पनि त्यहाँ उनिहरुका पक्षधरले सामन्य घटना ठानेका छन र उल्टै झुटा आरोप लगाएर उनै पिटाई खाने मान्छेकै गल्ती देखाउने तानावुना बुनिदैछ ।

घटना खेदजनक छः कांग्रेस प्रतिनिधी

स्थानिय नेपाली कांग्रेसका प्रतिनिधी केशव सिंह ठकुरीले यो जमनामा पनि होटल पसलहरुमा दलितहरुलाई भाँडा माझ्न लगाउनु र झन त्यसरी पिट्नु खेत जनक भएको प्रतिकृया दिए ।  त्यस माथी बेहोस भएर लडेको मान्छेलाई उनका आफन्तले उपचार गर्न लैजान खोज्दा धेरै अरु मान्छे जुटेर घेराउ गरेको आफुले समेत जानकारी पाएको उनले बताए ।

एमाले प्रतिनिधीको वचाउ

नेकपा एमालेका स्थानि प्रतिनिधी तथा त्यस वडामा नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले भने कुटपिटको आरोप लागेका  ति दुई आमा छोराको वचाउ गर्ने भाषा प्रयोग गरे ।

उनले भने–‘ दलितहरुले पनि आफ्नो व्यवहार सुधार गर्न जरुरी छ । बढि रक्सी पिएर जथाभावी बोल्न हुँदैन्थ्यो । म तिनै कार्की परिवारको घरमा बुझेर आएँ ।  त्यसरी कांग्रेसजनले उचाले जस्तो गरी कुटेको होईन रहेछ ।  हप्काएर घर पठाएको रहेछ् ।  पछि बाटोमा  लडेर घाईते भएको  भन्ने सुनेको छु ।’ दलित भनेर हुन्छ र ? व्यवहार पनि त राम्रो हुनु प¥यो नि ? यो प्रति प्रश्न केसीले बारम्वार दोहराए ।

आरोपितहरुको जिकिर

हामी कहाँ रक्सी किनेर खाएको होईन । अन्यत्रै बाट रक्सीले टिल परेर आएको थियो । उसको दाजु हामी कहाँ बसेर रक्सी पिउँदै थिए ।  उनैले दिएको रक्सी पिएर  जथाभावी वोल्दै थियो । भाँडा माझ्न लगाएको होईन ।

आफु माझ्न जाँदा भाँडा पल्टाई दिने , गरे पछि हप्काएर मात्रै पठाएको हो ’ आरोपित शोभा कार्कीले भनिन् त्यस पछि यहाँका केहि मान्छेहरुले बढाई चढाई गरेर केश ठुलो बनाउन खोजेका हुन् ।

मैले लाठीले हानेको होईन धक्काएको  मात्रै हुँ ।  मलाई झुटो आरोप लगाएका हुन् उनका छोरा कृष्णले भने तपाईहरुलाई जे सुनाईएको छ त्यो गलत हो  ।

हेरौं लाठी खाए नखाएको  तस्वीर आफै बोल्छ

 नव निर्वाचित त्यस वडाका अध्यक्ष केसी  र ति कार्की आमा छोराले भने झैं सार्की साँच्ची लडेरै त्यस्तो घाईते भए होलान ? तस्वीर आफै बोल्छ  । उनको ढाडमा आज दोश्रो दिन सम्म पनि लाठीका निला डामहरु छन् । आँखमा रगत जमेको छ । मुक्का प्रहार भएको  रक्ताम्मे आँखा, टाउँको, खुट्टा  र शरिरका अन्य चोटहरुले देखाउँछ  के कस्तो कुटटि भएको रहेछ भन्ने छर्लङ्ग देखाउँ छ । तर पनि यस्तै जालझेल गरिन्थ्यो पञ्चायत कालमा ।

वहुदल आए पश्चात पनि कुर्घाका एक जना दलितलाई अन्य जाती संग गैह्र दलित बनेर विवाहको भोज खान गएकोमा लघार्दै ढुङ्गाले हान्दै   मारिएको दलित अधिकारकर्मीहरु बताउँ छन् ।  तर सवै प्रमाणहरु नष्ट गर्दै उनलाई लडेर मरेको भन्ने पारिएको थियो । अहिले डेढ दशक पछि पनि त्यस्तै प्रकृतिको घटना दोहराउन खोजिएको  दलित अधिकारकर्मीहरुको टिप्पणी छ  ।  एमाले निकट  उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण बिश्वकर्माले यस घटनालाई आफुहरुले गम्भीर रुपमा लिएको र सवै दल विचारका अधिकारकर्मी जुटेर कार्वाहीको लागि सम्वन्धित निकायलाई घच्घचाउने बताए ।

स्थानिय दलित अधिकारकर्मी अमृत नेपालीले

एमाले जनले उनि कांग्रेस भएका कारण चुनावी रिस समेत फेरेको आरोप लगाए ।  उपचार गर्न लैजाँदा समेत आफुहरुलाई घेराउ गरिएको , अहिले सम्म पनि आफुहरुलाई होटल र चिया पसलहरुमा भाँडा नमाझेको खण्डमा याताना दिने गरिएको र  यति वेला त मरणाशन्य हुने गरी कुटपिटमा समेत उत्रिएको दुखेसो गरे ।

स्मरण रहोस वहुदल पश्चात पनि त्यही  साविकको त्यसै गाविसको मैदानमा चिया पसलमा  खाएको भाँडा नमाझेकै कारण बाटो हिडिरहेका हालको वडा नम्वर ३ का वावुराम सुनारलाई बाटो कुरेर बसेकका केहि युवाहरुले निर्घात कुटेका थिए । पछि अदालतमा मुद्धा परेपछि उनिहरुलाई मार्फ मगाईएको थियो ।  

घाईते कर्णबहादुर सार्कीको अवस्था हेरौं र मनन गरौं  कि त्यस्ता निला डाम र रक्ताम्मे उनलार्ई लडेर घाईते भएको हो भनियो भने गरिव विपन्नले अव न्याय पाउँलान ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा