२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चोरीका गहना किन्दा प्रहरीको फन्दामा

२०७२, १८ फाल्गुन मंगलवार ११:००

सम्राट सिंह/ फागुन १८, बझाङ । चोरीका गहना किन्दा सोमबार सदमुकाम चैनपुरका दुई सुनचाँदी व्यवसायी प्रहरीको फन्दामा परेका छन । जयपृथ्वी नगरपालिका १५ छ्याला घर भएका सन्तोष महरबाट चोरीका गहना किन्दा न्यू बझाङ सुनचाँदी पसलका संञ्चालक दमन रसाइली र पूर्णागिरी सुनचाँदी पसलका संञ्चालक जीवन सुनार प्रहरीको फन्दामा परेका हुन ।

पसलमा सुनका गहना बेच्न आएपछि आफुहरुले बिना सोधपुछ नै किनियो पुर्णागिरीका संञ्चालक जीवन सुनारले भने बजारको दरभावमा नै गहना किनेको थिए बिना कारण दुःख पाइयो ।

bajhang

आइतबार सन्तोषकी आमा शिद्घकला देवी महरले घरबाट सुनका गहना चोरी भएपछि अनुसन्धानका लागि प्रहरी कहाँ निवेदन दिएकी थिइन् ।

निवेदन पछि प्रहरीले आफ्नै आमाका गर–गहना चोरी गरी सदरमुकाम चैनपुरमा बिक्री गर्ने १८ बर्षिय सन्तोष सँगै उनका साथी १६ बर्षिय बिनोद महर, १७ बर्षिय कलक विक, १६ बर्षिय किसन नेपाली र १६ बर्षिय इपक महर लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेकोे थियो ।

जीवनले १ ग्राम ८ सय ४३ मिलिग्राम सुनको सिरबन्दी ७ हजार ५ सय मा र दमनले २ आना सुनका मुन्द्रा ३५ सयमा किनेको जनाएको छ ।

आमाका सुनका गहना चोरेर सन्तोषले सदरमुकामका सुनचाँदी पसलमा बिक्री गरेको जिल्ला प्रहरी कार्यालयकाम डियसपी लक्ष्मीराज अधिकारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको र पिडितको माग अनुसार नै कारबार्हि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

फोटो क्याप्सन: प्रहरीले हतकडी हालेर सन्तोष र उनका साथीहरुलाई सुनका गहना बिक्री गरेको पसल देखाउन लगिदै । तस्बीर सम्राट सिंह / 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले