२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निक्स साइमनमा डाक्टरको भरमा जिल्ला अस्पताल

१८ फाल्गुन २०७२, मंगलवार १२:१७

सम्राट सिंह/ फागुन १८, बझाङ । सरकारी डाक्टरहरु अस्पतालमा नबस्दा बझाङ जिल्ला अस्पताल गैर सरकारी संस्था निक्स साइमनका डाक्टरको भरमा चलिरहेको छ । सरकारी डाक्टरहरु प्राय गोष्टी र भ्रमणमा व्यस्त रहने गरेकाले अधिकांश समय जिल्ला अस्पताल गैर सरकारी संस्थाका डाक्टरकै भरमा चल्ने गरेको छ ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विण्णु खतिवडा फागुन पहिलो साता देखी जिल्लामा छैनन । भने अर्का डाक्टर मिलन सिलवाल पनि सोमवार जिल्ला बाहिर जा“दा २ लाख जनताको स्वास्थ्यको हेरचाह गर्ने जिम्मा पाएको अस्पताल गैर सरकारी संस्था निक्स साइमनले पठाएका डाक्टरको भरमा संचालन भैरहेको छ ।

जिल्लामा भाइरलको संक्रमणले हजारौंको संख्यामा विरामी भैरहेको र स्वास्थ्य संस्थामा औसधीको अभाव भैरहेको वेला अख्तियार प्राप्त सरकारी डाक्टरहरु जिल्लामा नहुदा विभिन्न खालका समस्याहरु आउने गरेको जिल्ला अस्पताल श्रोतले जनाएको छ । विरामीको चेकजा“च गर्ने, अधिकारीक निर्णयहरु गर्ने, आर्थिक कारोवार गर्ने लगायतका विभिन्न कामहरु प्रभावित हुने गरेका छन ।

“जिल्लामा नियमिति वस्ने भनेकै निक्स साइमनका डाक्टरहरु हुन । ” जिल्ला अस्पताल श्रोतले भन्यो “सरकारी डाक्टर त गोष्ठी भ्रमण र परियोजना कै काममा व्यस्त हुन्छन । गैससका डाक्टर नहुने हो भने जिल्ला अस्पताल नै परियोजना संचालन गर्नेमा सिमित हुन सक्छ ” सरकारी डाक्टर जिल्लामा हुदा“ पनि गोष्ठी र बैठकमा नै व्यस्त हुने र विरामीको चेकजा“च गर्ने काममा निक्स साइमनका डाक्टरहरु नै बढी खटिने गरेको जिल्ला अस्पताल बझाङका कर्मचारीको भनाइ छ ।

निक्स साइमनको तर्फबाट डाक्टर पुर्ण घर्ती र आनन्द प्रकास सिंह बझाङ जिल्ला अस्पतालमा कार्यरत छन ।
असोज १५ गते जिल्ला अस्पतालमा हाजिर भएका डाक्टर खतिवडा ५ महिना १५ दिनको अवधीमा ३ महिना जति मात्र जिल्लामा बसेको र बा“की अवधी भ्रमण गोष्ठीमा नै व्यस्त रहने गरेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का