असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अब कञ्चनपुरमा पनि महिलाको पाठेघर क्यान्सर परीक्षण गर्ने मेसिन

२६ असार २०७४, सोमबार १५:५९


असाढ २६, कञ्चनपुर । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । 

ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले हुने यो क्यान्सरबारे अझ पनि धेरै महिला अनभिज्ञ छन् । यसरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न र समयमै पत्ता लगाउन नेपाल परिवार नियोजन संघ कञ्चनपुरले हरेक शुक्रबार महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने व्यवस्था गरेको छ । 

जसको लागि दुई जना महिला डाक्टरको व्यवस्था पनि गरेको छ । पाठेघरको मुखमा केमिकल लगाएपछि देखा पर्ने रङका  आधारमा क्यान्सर भए नभएको जानकारी हुन्छ । यो केमिकल महगो पर्ने भए पनि चेक जाँच गरे वापत शुल्क मात्र रु ५०।– तोकिएको छ, तर गरिब असाहय र शुल्क तिर्न नसकनेको लागि निःशुल्क व्यवस्था पनि गरिएको छ । 

नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पाठेघरको क्यान्सर बाट नेपालमा वर्षेनि १० प्रतिशत महिलामो मुत्यु हुने गरेको छ । 

यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो क्रममा छ । 

१० वर्ष पछि हुने क्यान्सरको खतरा लाई समेत परीक्षणले देखाउने भएकाले समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने नेपाल परिवार नियोजन संघका कार्यालय प्रमुख शिवराज सिंह वलायरले बताए । 

कञ्चनपुरको जनसंख्या ४५१२४८ रहेको छ । जसमध्ये उमेर पुगेका प्रजनन् महिलाको संख्या ९०२५० रहेको छ । २०१६मा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको ६०७ जना मध्ये ६ जना लाई पोजेटिभ देखिएको छ र तिनलाई थप रोकथाम उपचारको लागि काठमाडौं जाने सल्लाह परिवार नियोजन शाखा कञ्चनपुरले दिएको छ । 

२३ वर्ष भन्दा वा विहे गरेको ३ वर्ष पुरा भएका महिलाहरुलाई यो रोग लाग्ने बढी सम्भावना भएको हुनाले समयमै चेक जाँच गराई यसको रोकथाम गर्न सकिन्छ । 

प्रारम्भिक चरणको पाठेघरको मुखको क्यान्सरको उपचार गर्ने क्रयाथेरापी मशिन अडर भईसकेको छ र केही दिनमै कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित नेपाल परिवार नियोजन संघ बाट सेवा संचालन हुन गइरहेको कार्यालय प्रमुख वलायरले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे