२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाढीमा वेपत्ता भएका परिवारलाई तत्काल ४० हजार राहत दिईने

२०७४, २६ असार सोमबार १६:१५

दान बहादुर बुढा/असार २६, मुगु । असार २७ गते हिमाल बाट यार्सा गुम्बा संकलन गरि घर फर्किने क्रममा बाढीले बगाएर वेपत्ता भएका तिन जनाको परिवारलाई तत्काल चालिस हजारका दरले राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले शनिवार हिमालबाट घर फर्किदै गरेको वेला जिल्लाको पुर्वी क्षेत्र मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ निवासी १६ वर्षका उर्गिन लामा, सोही वडा निवासी २७ वर्षका कुनक्याप लामा र ४० वर्षका तेन्जीङ लामाको सेरोग खोला तर्ने क्रममा माथीबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको र उनिहरुको शव आजसम्म पनि नभेटिएकाले उनिहरुको मृत्यु भई सकेको ठहर गर्दै प्रति परिवार ४० हजारका दरले राहत दिने निर्णय गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

समितिले केही दिन अगाढी सोरु गाउँ पालिकाको गिलाह भन्ने स्थानमा आगलागि भएका आगलागि पिडीतलाई पाँच हजारका दरले राहत दिने समेत निर्णय गरेको छ । 

वर्षा सुरु भएसंगै हुनसक्ने दैवी प्रकोपलाई मध्य नजर गर्दै आवश्यक उद्धार र राहतका लागि तयारी रहन सवै क्षेत्रलाई निर्देशन समेत दिईएको छ । 

उद्धार सामग्री, राहत सामाग्री सदरमुकाम तथा तिन वटा गाउँपालीकामा तत्काल जम्मा गर्ने र उद्धारमा खटिने मानविय जनशक्तिलाई समेत तयारी अवस्थामा राख्न समितिले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने