८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाढीमा वेपत्ता भएका परिवारलाई तत्काल ४० हजार राहत दिईने

२६ असार २०७४, सोमबार १६:१५

दान बहादुर बुढा/असार २६, मुगु । असार २७ गते हिमाल बाट यार्सा गुम्बा संकलन गरि घर फर्किने क्रममा बाढीले बगाएर वेपत्ता भएका तिन जनाको परिवारलाई तत्काल चालिस हजारका दरले राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले शनिवार हिमालबाट घर फर्किदै गरेको वेला जिल्लाको पुर्वी क्षेत्र मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ निवासी १६ वर्षका उर्गिन लामा, सोही वडा निवासी २७ वर्षका कुनक्याप लामा र ४० वर्षका तेन्जीङ लामाको सेरोग खोला तर्ने क्रममा माथीबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको र उनिहरुको शव आजसम्म पनि नभेटिएकाले उनिहरुको मृत्यु भई सकेको ठहर गर्दै प्रति परिवार ४० हजारका दरले राहत दिने निर्णय गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

समितिले केही दिन अगाढी सोरु गाउँ पालिकाको गिलाह भन्ने स्थानमा आगलागि भएका आगलागि पिडीतलाई पाँच हजारका दरले राहत दिने समेत निर्णय गरेको छ । 

वर्षा सुरु भएसंगै हुनसक्ने दैवी प्रकोपलाई मध्य नजर गर्दै आवश्यक उद्धार र राहतका लागि तयारी रहन सवै क्षेत्रलाई निर्देशन समेत दिईएको छ । 

उद्धार सामग्री, राहत सामाग्री सदरमुकाम तथा तिन वटा गाउँपालीकामा तत्काल जम्मा गर्ने र उद्धारमा खटिने मानविय जनशक्तिलाई समेत तयारी अवस्थामा राख्न समितिले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे