पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार २८, दैलेख ।</b> दैलेखको छामघाट खोलाले बगाएर एक जनाको ज्यान गएको छ । <br></p><p>भैरबी गाउँपालिका–२ का ४२ वर्षका बमबहादुर बिष्टको छामघाट खोलाले बगाएर ज्यान गएको प्रहीले जनाएको छ । </p><p>बुधबार बिहान साढे ९ बजेतिर बरमतडाघाटबाट खोला तर्ने क्रममा छामघाट खोलाले बिष्टलाई बगाएको थियो । खोलाले बगाएका बिष्टको कोटिला मन्दिर नजिक शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । </p>

