उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु प"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका दार्जनौ ग्रामीण सडक एक महिनादेखि अवरुद्ध

२९ असार २०७४, बिहीबार ०५:३८


उमा केसी/असार २९, रोल्पा । अविरल वर्षात्का कारण ग्रामीण भेगमा चल्ने यातायातका साधन झण्डै एक महिनादेखि अवरुद्ध हुँदा रोल्पालीलाई आवतजावतमा सास्ती व्यहोर्नु परेको छ । 

सदरकमुकाम लिवाङ, घर्तीगाउँ र सुलिचौरवाट जिल्लाका ग्रामीण बस्तीसम्म साना सवारीसाधनबाट सेवा दिँदै आएका जलजला यातायात व्यवसायी समिति र जलजला यातायात प्रा.लि.का गाडीहरु बाटो अवरुद्ध हँुदा थन्किएर बसेका छन् ।

पश्चिम रोल्पाको ओत, रांसी, तालावाङ, घर्तीगाउ, दुईखोली र वागमारा तथा उत्तरी रोल्पाको खरिवोट, टुटु र थवाङसम्म सेवा दिँदै आएको जलजला यातायात प्रा.लि.का गाडी बाटो अवरुद्ध हुँदा दुईखोली र तालावाङमा मात्र सीमित भएको जलजला यातायात प्रा.लि. रोल्पाका अध्यक्ष नन्दवहादुर पुनमगरले बताउनुभयो । 

पूर्वी रोल्पाको सुलिचौरवाट गाम, सिर्प, जेल्वाङ, फुलिवन, अरेश, जुतुङखोला र पोवाङसम्म सेवा दिँदै आएको जलजला यातायात व्यवसायी समितिका गाडी बाटो अवरोधका कारण हाल पोवाङसम्म मात्र चल्ने गरेको समितिका अध्यक्ष तेजविक्रम रावतले जानकारी दिनुभयो । 

जिल्लाको थवाङ–काठमाडाँै, थवाङ–घोराही, दुईखोली–घोराही, घर्तीगाउँ–घोराही, टिला –घोराही र चुनवाङ –घोराहीका लागि बससेवा सञ्चालन गरेको सो समितिले सडक अवरुद्ध भएका कारण सबै ठाउँको सेवा बन्द गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो । 

पश्चिमोत्तर सडक निर्माण तथा मर्मतको जिम्मा शहिद मार्ग सडक आयोजनाले लिएको छ भने पूर्वमा रहेका सडकको निर्माण र मर्मत सडक डिभिजन कार्यालय, चकचके, प्यूठानले लिँदै आएको छ । 

सडक डिभिजन कार्यालय र शहिदमार्ग सडक आयोजनासँग अविलम्ब सडक मर्मतका लागि समन्वय भएका कारण केही दिनमा सडक मर्मत हुनेमा आफूहरु आशावादी भएको जलजला यातायात व्यवसायी समितिका अध्यक्ष रावतले बताउनुभयो । 

सडक मर्मतका लागि सम्बन्धित निकायमा आफूहरुले अनुरोध गरेको भएपनि सुनुवाइ नभएको यातायात व्यवसायीले बताएका छन् । बाटो मर्मतका लागि जनताबाट ठूलो दबाब आइरहेका कारण सम्बन्धित निकायले मर्मत नगरे यात्रुको चाप बढी हुने केही सडक व्यवसायी आफैँले मर्मत गरेर भएपनि यातायात सञ्चालन गर्ने जलजला प्रा.लि.का अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो । 

वर्षात्का कारण सडकमा पहिरो गइरहेका कारण सबै स्थानमा गाडी चलाउने गरी सडक मर्मत गर्न असम्भव रहेको शहिद मार्ग सडक आयोजना, रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले बताउनुभयो । 

दुईखोलीसम्म गाडी नियमित चलाउनका लागि मेसिन चौबिसै घण्टा काममा लगाइएको उहाँले बताउनुभयो । 

नयाँ कटिङका कारण झण्डै एक वर्षसम्म यस्तो समस्या भोग्नुपर्ने उहाँले बताउनुभयो । हाल जिल्ला सदरमुकाम लिवाङवाट लामो दूरीमा चल्ने गाडीहरु मात्र नियमित सञ्चालनमा आइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य