असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राजकुमार श्रेष्ठको हत्या बारे बाहिरियो अर्को तथ्य

२९ असार २०७४, बिहीबार ०८:२६


असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ । 

एक वर्षअघि उनै व्यापारी श्रेष्ठबाट २६ लाख रकम लुट्ने गुन्डा नाइके खुमबहादुर केसीले जेलमा योजना बनाएका थिए । पक्राउपछि प्रहरीलाई दिएको बयान अनुसार गुन्डानाइके केसीले जेलमा फिरौति रकम असुल्न अपहरणको योजना बनाएको बताएका छन् ।

एक बर्षअघि ब्यापारी श्रेष्ठबाट उनले भारतीय १६ हजार लाख रकम लुटेका थिए । श्रेष्ठको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । रकम लुटेको पुष्टी भएपछि जेलमा परेका थिए । जेलमा आफैसँग रहेका भुपेन्द्र ओलीसँग अपहरणको योजना बनाए । 

त्यसपछि केसीले टिकाराम घर्ती, उनकी छारी पूजा र अन्य युवाहरु बटुलेर दुई महिना अघि पुरक योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । केसी तुलसीपुर क्षेत्रका गुन्डानाइके हुन् । 

उनले दर्जनौ ब्यापारीलाई धम्क्याएर रकम असुली गर्दै आएका थिए । नेपालगन्ज गोलीकाण्डमा पनि उनी संलग्न रहेका थिए । नेपालगन्ज गोलीकाण्डपछि उनी केही समय जेल बसेका थिए ।

उता श्रेष्ठसँगै अपहरणपछि हत्या गरिएका ठेकेदार रणबहादुर घर्ति भने अनाहकमा मारिएको प्रहरीले जनाएको छ । ब्यापारी श्रेष्ठ अपहरणमा परेकै दिन ठेकेदार घर्तिपनि सल्यानतिर लागेका थिए । दुई भारतीय नागरिकसहित भरतीय नम्वर प्लेटको गाडीमा घर्ति सल्यानतिर गइरहेका बेला केसीको समुहले गाडी रोकेको थियो । 

श्रेष्ठ चडेको गाडी हुनसक्ने आशंकामा केसीको समुहले रणबहादुरको गाडी रोकेका थिए । तर ठेकेदार घर्तिले केसीको समुहलाई राम्रोसँग चिन्थे । श्रेष्ठको अपहरण सुराक बन्न सक्ने भएपछि केसीको समुहले ठेकेदार घर्तिलाई पनि जंगलतिर लगेको प्रहरीले बताएको छ ।

घर्तिलाई अपहरण र हत्या गर्ने योजना केसी समुहको थिएन । तर भुलभुलैयामा उनी अपहरण पछि मारिएको प्रहरीसँग बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव