सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोज"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा सामाग्री हस्तान्त्रण

२९ असार २०७४, बिहीबार १३:२४

सिप बिकास तालिम केन्द्र पर्बतद्धारा पुर्ब बिद्यार्थीलाई प्रमाणपत्र तथा प्रबिधि सहायता सामाग्री हस्तान्त्रण गरेको छ । बुधबार कार्यलयमा एक कार्यक्रमको आयोजना गरि कार्यलयबाट दिईएको बिभिन्न किसिमको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सामाग्री हस्तान्त्रण गरिएको हो ।

सो अबसरमा यस बर्ष कार्यलयबाट सिकाईने बिभिन्न सिपहरु सिकेर उत्कृष्ट बनेका ७ जना प्रशिक्षार्थीलाई प्रबिधि तथा बस्तुगत सहायता सामाग्री समेत हस्तान्त्रण गरिएको छ । समाग्री ग्रहण गर्नमा प्लम्बीङ्गका प्रशिक्षार्थी पिताम्बर सुबेदि, बिधुत जडानका प्रशिक्षार्थी द्रोणराज शर्मा, केश श्रृंगारका प्रशिक्षार्थी गीता श्रेष्ठ, सिलाई कटाईका प्रशिक्षार्थी रेवती शर्मा, ईलेक्टोनिक्सका प्रशिक्षार्थी सन्तोष थापा, मोटरसाईकल मर्मतका प्रशिक्षार्थी बिजय परियार र कम्युटरका प्रशिक्षार्थी कमला न्यौपाने रहेका थिए ।

कार्यक्रमको अबसरमा बोल्दै प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नको लागि सम्पुर्ण प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभएको थियो । उहाले सीप सिकेर सिपकै माध्यमबाट आयआर्जन गरि स्वाबलम्बी बन्न आग्रह गर्नुभयो ।

प्रशिक्षार्थीको तर्फबाट मन्तब्य राख्दै प्लम्बीङ्ग तालिमका प्रशिक्षार्थी पिताम्बर सुबेदिले आफुले अहिले सम्म सिकेको सिपलाई ब्यवहारमा उतारेरै छाड्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । उहाले ३ महिना सम्म सिकेको सिपलाई समुचित सदुपयोग गर्न बताउनुभयो ।

ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रमुख किरण चन्द्र सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्बतका सदस्य सुबास लामिछाने प्रशिक्षार्थी रेवती शर्मा, सन्तु गिरी, कमला न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन ब्यवसायीक सिप बिकास तालिम केन्द्र पर्बतका प्रशिक्षक गणेश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता