सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर सम्भावना

Posted on: 14 Jul, 2017


असार ३०, कञ्चनपुर । सुदूरपश्चिममा ‘जटिबुटी र जल विद्युत’को प्रचुर मात्रामा सम्भावना भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

बिहीबार नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्टले महेन्द्रनगरमा आयोजना गरेको ‘सुदूर पश्चिममा विज्ञान, प्रविधी र अन्नेषणको सम्भावना चुनौती’ विषयक छलफलका सहभागिले यस्तो बताएका हुन् । सहभागिहरुले ७ नम्बर प्रदेश सम्भावनाको खानी भएपनि लगानी अभावका कारण यस क्षेत्रका सम्भावना अघि बढ्न नसकेको बताएका छन् ।

प्रर्याप्त लगानी गरेर विज्ञान र प्रविधीको विकास संगै रोजगारी समस्या समाधान गर्नुपर्नेमा समेत सहभागिको भनाई छ । सुदुरको पहाडी क्षेत्रमा जटिबुटी, जलविद्युतको खोज आवश्यक रहेको सहभागिले जोडदिएका छन् । विज्ञानका विद्यार्थी रमेश पन्तले विज्ञान क्षेत्रमा लगानी कार्यक्रम अभाव रहेको भन्दै खोज अनुसन्धानका लागि कार्यक्रम संचालनमा जोडदिए ।

सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख प्रा.डा पूर्ण बहादुर चन्दले आर्थिक अभावका कारण खोज अनुसन्धानका विषय ओझेलमा परेको बताए । हरेक क्याम्पसमा विज्ञान शिक्षा आवश्यक रहेको समेत उनले औल्याउनुभयो । यस्तै सिद्धनाथ विज्ञान क्याम्पसका उप प्राध्यापक बलराम अवस्थीले यहाँ प्रचुर मात्रामा सम्भावना भएको बताए । जैविक विविधता, प्रर्यापर्यटन, बासस्थान प्रणाली, कृषि, जटिबुटीको सदुपयोगमा जोडदिए ।

परम्परागत ज्ञानसीपलाई व्यवस्थापन गर्दै विज्ञान र प्रविधीको विकास आवश्यक रहेको बताए । नास्टका बरिष्ठ वैज्ञानिक डा. रविन्द्र ढकालले यस क्षेत्रकको सम्भावनालाई मध्यनजर गर्दै शाखा कार्यालय महेन्द्रनगरमा विस्तार भएको बताए । यहाँका सम्भावना अघि बढाउनुपर्नेमा उनले समेत जोड दिए ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!