२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका पहिरो प्रभावितलाई पाँच लाख

२०७४, ३१ असार शनिबार ०३:३८

असार ३१, बागलुङ । पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले रु पाँच लाख सहयोग जुटाएका छन् । 

चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिनुभयो ।

त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो । परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आउनुभएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बस्नुभएको छ । अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उहाँको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो । 

जापानमा संकलित रकमबाट चोखाललाई नयाँ घर बनाइदिने योजना बनाइएको अभियानकर्मी तेजबहादुर थापाले बताउनुभयो । चोखाललाई राहत रकम जुटाउन प्रवासीले ‘मनकुमारी चोखाललाई सहयोग गरौँ’ भन्दै फेसबुक अभियान चलाएका थिए । 

पति वियोगपछि एक्लो बन्नुभएकी चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा रहेको अस्थायी घरमा बस्दै आउनुभएको थियो । पति, सन्तति र परिवारमा कोही पनि सदस्य नभएपछि चोखाल सहराराविही हुनुहुन्छ । उहाँलाई राहत उपलब्ध गराउने उद्देश्यले बागलुङ सदरमुकाममा चलेको अभियानमा पनि रु ४० हजार संकलन भएको छ । 

नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत संघसंस्थाले नगद तथा राहत सामग्री उपलब्ध गराएको अभियानकर्मी मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि उनलाई रु दश हजार उपलब्ध गराएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने