साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उच्च अदालत दिपायल महेन्द्रनगर इजालासको प्रगति विवरण सार्वजनिक

१ श्रावण २०७४, आईतवार ००:३९


साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

यस वर्ष उच्च अदालत दिपायलमा परेका ५२८ मुद्दामा ३२७ फछयोट भएको छ भने २०१ मुद्दा फछयौट हनु बाँकी छन् । लक्ष्यको तुलनामा ७९.१७ प्रतिशत रहेको छ भने १ वर्ष नाघेका २५ र २ वर्ष नाघेका २ मुद्दा फछयौट हुन् बाँकी छ । 

त्यसै गरी उच्च अदालत दिपायलका मातहतमा रहेका अदालतहरु कञ्चनपुर जिल्ला अदालत, डडेल्धुरा जिल्ला अदालत, बैतडी जिल्ला अदालत, दार्चुला जिल्ला अदालत गरी कुल जम्मा मुद्दा परेका ११६४ जसमा फर्छयौट भएका ६८९ र फर्छयौट हुन् बाँकी रहेका ४७५ छन् । फैसाला कार्यान्वयनको लागि परेका निवेदनमा कुल १८३ फर्छयौट ९९ र बाकी ८४ रहेका छन् । कैद सजायमा २९८९।६।२१ दिन को भएको जसमा ५११।५।२०दिनको फर्छयौट भएको र २४७८।१।१ दिन बाँकी रहेको । 

त्यसैगरी जरिवाना तर्फ रु.२०६६३५१९५.२८ रहेकोमा फर्छयौट भएको रु.२४७६२३४।८८ बाँकी रु.२०४१५८९६०।४० रहेको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका उप–रजिष्टार धनराज शार्माले बताउनु भयो ।

हाम्रो असाढ सम्ममाको लक्ष्य भन्दा केही कम मुद्दा फछयौट भएको छ । तर हामीले लक्ष्य पुरा भएको मान्नु पर्छ किनकि यसै बेला चुनाव प¥र्यो जसका कारण फिल्डमा गएर काम गर्नु पर्ने स्थिती आयो र हामी लक्ष्य भन्दा केही कम रहेका हौ । 

छिटो फैसाला गर्द पनि अन्याय हुन्छ  र ढिलो फैसला गर्दा पनि अन्याय हुन्छ । न्याय देखिने गरी हुनु पर्ने उच्च अदालतका मुख्य न्यायधिस यज्ञ प्रसाद वस्यालले बताउनु भयो ।

सेवाग्राहीले जति सेवा पाउनु पर्ने हो त्यती पाउन सकेका छैनन् । त्यसमा हामीलाई आत्मागलानी पनि छ । दक्ष जनशक्तिको अभाव रहेको, भौतिक सुविधाको अभाव रहेको मुख्य न्यायधिस बस्यालले बताउनु भयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता