८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माछापुच्छ्रे गाउँपालिकाको विकासका लागि भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

१ श्रावण २०७४, आईतवार ११:०९

साउन १, पोखरा । स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷ ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवम् सामाजिक विकासका लागि केही योजना अघि बढाइएको जानकारी दिनुभयो । 

गाउँपालिकाको आव २०७४/७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार विनियोजन गरिएकामा पुँजीगततर्फ जनसहभागिता सहित रु १७ करोड सात लाख ८६ हजार ५०० र पूर्वाधार विकासतर्पm रु ११ करोड ५८ लाख ५५ हजार, सामाजिक विकास तर्पm रु दुई करोड ३५ लाख ३० हजार, आर्थिक विकास तर्पm रु ५९ लाख, वातावरण विकास तथा सेवा प्रवाहमा रु ९८ लाख २३ हजार, वित्तीय व्यवस्थापन रु १० लाख प्रस्ताव गरिएको छ । 

चालु पुँजीतर्फ रु २२ करोड ३९ लाख ३६ हजार ५०० रहेको सो गाउँपालिकाको नीति तथा कार्यक्रममा विशेषगरी बञ्जीजम्प, क्यानोनिङ, ¥याप्mटिङ, प्याराग्लाडिङ, हनी हन्टिङ र रक क्लाइमिङकजस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेकोछ । 

विश्व प्रसिद्ध माछापुच्छ्रे हिमालको काँखमा रहेर पाँच सय ४४.५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नौ वडा रहेको सो गाउँपालिकामा २०६८ सालको जनगणनाअनुसार २१ हजार ८६८ जनसंख्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता