२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि

२०७४, १ श्रावण आईतवार १३:०१

साउन १, बुटवल । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ (सि.एन.आई) सँगको सहकार्यमा आगामी पौष ८ देखि १८ गतेसम्म १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवको आयाोजना गर्ने भएको छ । 

संघको आइतबार बसेको २३ औं नियमित बैठकले आयोजनाको मिति तय गरेको हो । संघको बैठकले राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको कामलाई तिव्रता दिन संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा ९ सदस्यीय निर्देशन तथा कार्यान्वयन समिति (निकास) को गठन गरेको छ । 

समिति गठन गरेसँगै आयोजनाका कामहरु यथाशिघ्र अघि बढाइने अध्यक्ष रेग्मीले जानकारी गराउनु भएको छ । गठित समितिको सदस्यहरुमा संघका निवर्तमान अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधबप्रसाद पौडेल, कोषाध्यक्ष दिलिप सापकोटा, सचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष राजेन्द्र कार्की तथा सचिवालय सदस्य शिव कुमार पाठक रहनु भएको छ । 

संघले यस पटकको आयोजनामा प्रविधि प्रदर्शनीको लागि विशेष महत्वका साथ स्थान दिने बताएको छ । जसका लागि यस अघि नै संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा प्रविधि व्यवसाय समिति गठन भई काम अघि बढिसकेको छ । यस आयोजनामा स्वदेशी तथा विदेशी गरी करीब ४० वटा प्रविधि प्रदर्शन गर्ने सोंच रहेको संघका महासचिव माधबप्रसाद पौडेलले बताउनु भएको छ । 

स्वदेशी उद्योगको प्रवद्र्धन, बजारको खोजी र औद्योगिक विकासको प्रमुख उद्देश्यका साथ राजधानी बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो र वि.सं.२०७१ सालसम्म संघले १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

यसपटकको आयोजनालाई पृथक, ऐतिहासिक र अर्थपूर्ण बनाउन संघले विभिन्न सरकारी तथा निजी निकाय, प्रतिष्ठान र विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्ने र सबै क्षेत्रबाट सहयोग प्राप्त हुने संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने