साउन २, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँची कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्याय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँची कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्याय"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची अदालत मुद्धा फर्च्यौटमा अग्रपंतिमा

२ श्रावण २०७४, सोमबार ०६:४०


साउन २, अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँची कुल ८५ प्रतिशत मुद्दा फैसला गरि मुद्दा फैसलामा अर्घाखाँची जिल्ला अदालत लुम्विनी अञ्चलमा पहिलो भएको जिल्ला न्यायाधीश केशब बास्तोलाले जानकारी दिनुभएको छ ।

जिल्ला अदालत अर्घाखाँचीमा दर्ता भएका मुद्दाको एक तिहाइ सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । गएका वर्षमा जस्तै सम्बन्धबिच्छेद गर्ने दम्पतीको सख्यामा यस वर्ष पनि बृद्धि भएको छ ।

०७३ सालको साउनदेखि ०७४ को असार २९ सम्ममा कुल २ सय ६९ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका न्यायाधीश बास्तोलाले बतायनुभयो । यसवर्ष ९१ जोडीले सम्बन्ध बिच्छेदको लागि मुद्दा दर्ता गराएकोमा ८५ जोडीको सम्बन्ध बिच्छेद भएको र ८ मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा धेरै २० देखि ३० वर्ष उमेरका छन् । जसमा झण्डै ८० प्रतिशत त्यही उमेर समूहका छन् । बाँकी २० प्रतिशत ३० वर्ष माथिका छन् ।

सम्बन्ध बिच्छेद पछि सबैभन्दा बढी मुद्दा अंश मुद्दा रहेको छ । अंशका ४३ मुधा दर्ता भएका मध्ये ३५ मुधा फर्छयौट भएका छन् ।

 माना चामलो मुद्दा ३१ परेका छन् । सबै मुद्दा मध्ये ८५ प्रतिशत मुद्दा फैसला भएको जिल्ला अदालतका नायब सुब्बा टेकराज गैरेले बताउनु भयो । सबै गरि एक वर्षको समयमा २ सय ६९ मुद्धा परेकोमा २ सय २९ मुद्दा फैसला भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता