साउन २, दाङ । दाङमा माइत हिँडेकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।
दाङको पहाडी भेगमा पर्ने बंगलाचुली-४ की ३५ बर्षीय शिवादेवी घर्तीको स्थानीय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार साउने संक्रान्ति मान्न माइत जाने क्रममा भिरबाट लडेर उनको आइतबार बेलुका ज्यान गएको हो । सडक छेउमै रहेको भिरबाट उनि एक सय मिटर तल खसेकी थिइन् ।