प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गर"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका एक वडाध्यक्षद्धारा भोज भतेरको खर्च कटौती गरेर विद्यालयमा सहयोग

२०७४, २ श्रावण सोमबार १४:३८


प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गरी समाज सेवामा लगाउने घोषणा गरेका छन् । रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरेका छन् ।

उक्त वडा भित्रका तीन वटा प्रा.बि.लाई पाण्डेयले १५/१५ हजारका दरले कोषस्थापना  गरेका हुन् । सोमबार  उनले कोष स्थापना गरेका विद्यालयहरुमा  नवज्योति प्रावि नेटा,  अर्जुन प्रावि कँुडापानी र  सृजना प्रावि भुजेलखर्क रहेका छन् । सदरमुकाम नजिकै रहेपनि ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् ।

जुन बिद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै बिद्याथीएहरुले पठन पाठन गर्ने गर्दछन् । लामो समयसम्म पनि स्तरबृद्धि भैरहेको छैन् । ‘पहिलेबाटै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’ 


उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकायर सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।

उनले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ आफ्ना माता पिताका नाममा स्थापना गरेका छन् । 

कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए । कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए ।

अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए । त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे । वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते