प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गर"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका एक वडाध्यक्षद्धारा भोज भतेरको खर्च कटौती गरेर विद्यालयमा सहयोग

२ श्रावण २०७४, सोमबार १४:३८


प्रेम सुनार/साउन २, गुल्मी । चुनावपछि जितेका जनप्रतिनिधीहरु अझै भोज भतेर मै अड्किएका छन् । तर यहाँका एक जनप्रतिनिधीले भोज भतेर लगायतको फजुल खर्चलाई कटौती गरी समाज सेवामा लगाउने घोषणा गरेका छन् । रेसुंगा नगरपालिका ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डले भोज भतेरमा गरिने अनावश्यक खर्चलाई बिद्यालयको अक्ष्यकोषमा राख्ने निर्णय गरेका छन् ।

उक्त वडा भित्रका तीन वटा प्रा.बि.लाई पाण्डेयले १५/१५ हजारका दरले कोषस्थापना  गरेका हुन् । सोमबार  उनले कोष स्थापना गरेका विद्यालयहरुमा  नवज्योति प्रावि नेटा,  अर्जुन प्रावि कँुडापानी र  सृजना प्रावि भुजेलखर्क रहेका छन् । सदरमुकाम नजिकै रहेपनि ती बिद्यालयहरु बत्ति मुनिको अध्याँरो जस्तै भैरहेका छन् ।

जुन बिद्यालयहरुमा गरिव र बिपन्न परिवारका थुप्रै बिद्याथीएहरुले पठन पाठन गर्ने गर्दछन् । लामो समयसम्म पनि स्तरबृद्धि भैरहेको छैन् । ‘पहिलेबाटै बिद्यालय र बिद्यार्थीका समस्यासंग नजिक थिए,’ पाण्डेले भने,‘यो व्यतिmगत सानो सहयोग हो,जनप्रतिनिधीको हिसावले धेरै गर्नेछु ।’ 


उनले आगामी दिनमा त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थी र बिद्यालयहरुको उन्नती र प्रगतीका लागि सवै निकायर सरोकारवालासंग योजनाबद्ध रुपमा लाग्ने बताए ।

उनले ती बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको लागि भनेर ‘यमकान्त मनकली पाण्डे गरिव तथा जेहेन्दार छात्रवृती अक्ष्यकोष’ आफ्ना माता पिताका नाममा स्थापना गरेका छन् । 

कोषलाई बढाउँदै लैजाने र त्यसको व्याजबाट बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने पाण्डेले बताए । कुनै सरकारी सुविधा नखाने बताएका उनले केहि समय अगाडी आफुले पाएको सरकारी भत्ता समेत कृषकलाई प्रदान गरेका थिए ।

अक्ष्यकोषको चेक बुझ्रदै नवज्योति प्राविका प्रध्यानाध्यापक गोकर्ण फुल्देलले पैसाको मुल्य भन्दा हिम्मत र हौसला नै प्रमुख कुरा भएको बताए । त्यस्तै सृजना प्रावि भुजेलखर्कका शिक्षक चन्द्र चुँदराले यो सहयोग दलित समुदायका बालबालिकाको हित र भविष्यको लागि एउटा इटा बन्ने अपेक्षा व्यक्त गरे । वडाध्यक्ष पाण्डेय सहित सवै जनप्रतिनिधीहरुलाई नवज्योेति प्राविमा स्वागत तथा अभिनन्दन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध