८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बृक्षारोपणका लागि कपिलबस्तुमा निःशुल्क बिरुवा बितरण

३ श्रावण २०७४, मंगलवार ०९:५७

मो इमरान खान/साउन ३, कपिलवस्तु । कपिलवस्तुको सेक्टर वन कार्यलय चन्द्रौटा र सेक्टर वन कार्यलय जर्लैयाले वृक्षारोपणको लागि निशुल्क विरुवाहरु वितरण गरेका छन । 

मसला, सिमल, खयर, सागवान, सिसौ प्रजातिका विरुवाहरु निशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आय आर्जका लागि विभिन्न प्रजातिका ९०/९० हजार बिरुवा वितरण गर्ने तयारी गरेको र स्थानीयवासीको आयआर्जन वृद्धि तथा प्राकृतिक सन्तुलनमा सहयोग पुग्ने उद्देश्यले बिरुवा वितरण गर्न लागिएको जिल्ला वन कार्यलयले जनाएको छ । 

सेक्टर वन चन्द्रौटाले मसला ५५ हजार ९ सय, सिमल १०हजार, ५सय, सिसै १० हजार १ सय ५०, अमला ४ हजार ,खयर ४ हजार, कल्पफुल १ हजार ८ सय ५० सागवान १ हजार, अर्जुन एक हजार ,जामुन ८ सय ७५,सिरिस ५००, वेल ३५० गरि ९० हजा भन्दा धेरै विरुवा वितरण गर्ने साहायक वन अधिकृत रामचन्द्र शाहले जानकारि दिए ।   

जिल्लाको चन्द्रौटा र जर्लैया क्षेत्रका वासिन्दाहरुलाई सो विरुवाहरु विरतण गरिएको सेक्टर वन कार्यलय चन्द्रौटाका प्रमुख रामहरि सेढाईले वताए ।निजि क्षेत्रमा वृक्षारोपण गरी वन क्षेत्रफल वढाउन  निशुल्क विरतरण गरिएको उनले वताए । 

अहिले ५० प्रतिशत विरुवा वितरण भईसकेको सेक्टर वन कार्यलय चन्द्रौटाले जनाएको छ । जिल्लाको पश्चिमी र दक्षिणी क्षेत्रका उपभोक्तलाई १ सय विरुवासम्मको लागि कुनै कागज पत्र नचाहिने तर एक सय भन्दा बढि लैजान खोज्नेहरुलाई आवश्यक कागजपत्र ल्याई निःशुल्क लैजान सकिने व्यावस्था मिलाएको प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता