३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबा"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षक मृत्यु प्रकरण : मृत्युको रहस्य नखुलेपछि पर्वत प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो बोलायो

३ श्रावण २०७४, मंगलवार १२:०४

३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबाट कालीगण्डकी नदीमा भेटिएको वेवारिसे शव नारायण पौडेलको भएको पुष्टिसंगै उनको मृत्युको कारणको खोजी भईरहेको छ । काठमाण्डौंमा गरिएको पोस्टमार्टम समेतको रिर्पोटमा पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको हुनसक्ने उल्लेख भएपछि पौडेलका परिवारले पौडेलको मृत्यू हत्याबाट भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले अनुसन्धान गरी रहेपनि हालसम्म पनि मृत्युको बारेमा कुनै प्रमाण फेला परेको छैन । प्रहरी श्रोत भन्छ–‘यदि हत्या नै भएको भए, कुनै न कुनै प्रमाण फेला परथ्यो ।’ ‘मृत्युको कारण हत्या नै हो भने, त्यो लामो समयसम्मको योजना थियो’ प्रहरी श्रोत भन्छ–‘विद्यार्थी कुटपिटकै कारण मात्र मृत्युको कारण नहुन सक्छ ।’ उनको शव बागलुङ जिल्लाको गाइथुने घाटमा फेला परेको थियो ।

२४ गते विद्यालयमा विद्यार्थी कुटपिट भएपछि उनी २५ गते दिउँसो देखि उनी सम्पर्कमा छैनन । कुटपिटकै कारण हत्या भएको भए २४ घण्टा नपुग्दै हत्या गर्दा कुनै न कुनै प्रमाण फेला पर्ने थियो । प्रहरी श्रोत भन्छ–‘पुरानो रिसिबि वा अन्य कारणको विषयमा अनुसन्धान अगाडि बढेको छ ।’
प्रहरी नायव उपरिक्षक शेखर खनालले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको बताउँछन । अनुसन्धानमा मृत्युको कारण अरु पनि हुन सक्ने भन्दै अध्ययन भईरहेको खनालले बताए ।

फोन डिटेलले मात्र नभएर प्रहरीले मोवाइलको एसएमएस र म्यासेन्जरको कुराकानीको पनि अध्ययन गरीरहेको बुझिन्छ । निरन्तरको अनुसन्धानबाट पनि मृत्युको कारण फेला नपरेपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका परिवारले भने तथ्य विना लामोसमय कसैलाई दुःख दिन नहुने बताउन थालेका छन । उता, शिक्षक संगठनहरुले विज्ञप्ति मार्फत सत्य, तथ्य छिटै सार्वजनिक गर्न माग गरेका छन ।

पर्वत प्रहरीले अनुसन्धानबाट कुनै निश्कर्ष निकाल्न नसकेपछि भने अनुसन्धानमा सहयोगको लागि केन्द्रिय अनुसन्धान ब्यूरोलाई बोलाएको छ । मिसिल अध्ययन पछि मात्रै फिल्ड अध्ययनको योजना बनाएका कारण केन्द्रिय ब्यूरो टिम भने तत्काल पर्वत नआउने भएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए । मृत्यु निकै रहस्मय भएकाले केन्द्रिय अनुसन्धान ब्यूरो बोलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीले पौडेल निकट दर्जन भन्दा बढिको बयान लिँदा पनि मृत्युको कारण बारे कुनै प्रमाण फेला पार्न सकिरहेको छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता