३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबा"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षक मृत्यु प्रकरण : मृत्युको रहस्य नखुलेपछि पर्वत प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो बोलायो

२०७४, ३ श्रावण मंगलवार १२:०४

३ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्युको कारण अझै खुल्न सकेको छैन । डिएनए परिक्षणबाट कालीगण्डकी नदीमा भेटिएको वेवारिसे शव नारायण पौडेलको भएको पुष्टिसंगै उनको मृत्युको कारणको खोजी भईरहेको छ । काठमाण्डौंमा गरिएको पोस्टमार्टम समेतको रिर्पोटमा पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको हुनसक्ने उल्लेख भएपछि पौडेलका परिवारले पौडेलको मृत्यू हत्याबाट भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले अनुसन्धान गरी रहेपनि हालसम्म पनि मृत्युको बारेमा कुनै प्रमाण फेला परेको छैन । प्रहरी श्रोत भन्छ–‘यदि हत्या नै भएको भए, कुनै न कुनै प्रमाण फेला परथ्यो ।’ ‘मृत्युको कारण हत्या नै हो भने, त्यो लामो समयसम्मको योजना थियो’ प्रहरी श्रोत भन्छ–‘विद्यार्थी कुटपिटकै कारण मात्र मृत्युको कारण नहुन सक्छ ।’ उनको शव बागलुङ जिल्लाको गाइथुने घाटमा फेला परेको थियो ।

२४ गते विद्यालयमा विद्यार्थी कुटपिट भएपछि उनी २५ गते दिउँसो देखि उनी सम्पर्कमा छैनन । कुटपिटकै कारण हत्या भएको भए २४ घण्टा नपुग्दै हत्या गर्दा कुनै न कुनै प्रमाण फेला पर्ने थियो । प्रहरी श्रोत भन्छ–‘पुरानो रिसिबि वा अन्य कारणको विषयमा अनुसन्धान अगाडि बढेको छ ।’
प्रहरी नायव उपरिक्षक शेखर खनालले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको बताउँछन । अनुसन्धानमा मृत्युको कारण अरु पनि हुन सक्ने भन्दै अध्ययन भईरहेको खनालले बताए ।

फोन डिटेलले मात्र नभएर प्रहरीले मोवाइलको एसएमएस र म्यासेन्जरको कुराकानीको पनि अध्ययन गरीरहेको बुझिन्छ । निरन्तरको अनुसन्धानबाट पनि मृत्युको कारण फेला नपरेपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका परिवारले भने तथ्य विना लामोसमय कसैलाई दुःख दिन नहुने बताउन थालेका छन । उता, शिक्षक संगठनहरुले विज्ञप्ति मार्फत सत्य, तथ्य छिटै सार्वजनिक गर्न माग गरेका छन ।

पर्वत प्रहरीले अनुसन्धानबाट कुनै निश्कर्ष निकाल्न नसकेपछि भने अनुसन्धानमा सहयोगको लागि केन्द्रिय अनुसन्धान ब्यूरोलाई बोलाएको छ । मिसिल अध्ययन पछि मात्रै फिल्ड अध्ययनको योजना बनाएका कारण केन्द्रिय ब्यूरो टिम भने तत्काल पर्वत नआउने भएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए । मृत्यु निकै रहस्मय भएकाले केन्द्रिय अनुसन्धान ब्यूरो बोलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीले पौडेल निकट दर्जन भन्दा बढिको बयान लिँदा पनि मृत्युको कारण बारे कुनै प्रमाण फेला पार्न सकिरहेको छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते