२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

त्रिबेणी सहकारी संस्थाद्वारा अर्घाखाँचीका जनप्रतिनिधीहरुलाई सम्मान

२०७४, ५ श्रावण बिहीबार ०३:२६

साउन ५, अर्घाखाँची ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ अर्घाखाँचीले स्थानिय तहको निर्वाचनमा निर्वा्चित बिभिन्न पालीकाहरुका जनप्रतिनिधीहरुलाई एक कार्यक्रमको आयोजना गरी आज सम्मान गरेको छ । 

त्रिबेणी बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध रहेका प्रतिनिधीहरुको उपस्थीति रहेको कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालले सहकारीका शिद्धान्तहरुलाई आत्मसाथ गरी अगाडी बढेमा देश बिकासको क्षेत्रमा सहजता हने बताउनु भएको थियो । 

साथै प्रमुख भुसालले जनताको भबाना र चाहना अनुसार आफुहरुले काम गर्ने भन्दै समग्र जिल्लाको बिकास निर्माणमा सबै पक्षको सहयोग र सर्मथनको आबश्यकता रहेको बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा मालारानी गाँउपालीकाका अध्यक्ष तथा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष बालकृष्ण आचार्य,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक लगायतले मनतब्य राख्दै देश बिकासमा सहकारी संस्थाहरुको उल्लेखनिय भुमिका रहने हुनाले यसको समग्र बिकासको लागी आफुहरु हरपहल लागीरहने बताउनु भएको थियो । 

सम्मान कार्यक्रममा भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापा,उपप्रमुख खडानन्द बेल्बासे, पाणीनि गाँउपालीकाका प्रमुख अच्युत गौतम, मालारानी गाँउपालीकाकी उपाध्यक्ष प्रमिला क्षेत्री बिभिन्न वडाहरुका वडा अध्यक्षहरु र सदस्यहरुको उपस्थीती रहेको थियो । 

कार्यक्रम संस्थामा अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता उत्तममणी मिश्रको स्वागत मनतब्य र तुल्सीराम खनालको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते