पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको बिहादी गाउँपालिकाको केन्द्र विवादका कारण गाउँसभा अनिश्चित

५ श्रावण २०७४, बिहीबार ०९:४४

पर्वत । केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको क्रममा तोकिने गाउँपालिकाको केन्द्रमा सभाका सदस्यहरु बिच विवाद देखिएपछी बजेट प्रभाबित बनेको हो ।

वहाकीठाटी सहितका तह बाट सभामा प्रतिनिधीत्व गर्ने सदस्यहरुले हालको केन्द्र लाई स्वागत गरेपनि रानीपानी,बराचौर र बाच्छाबाट सभामा प्रतिनिधीत्वगर्ने सदस्य हरुले विरोध जनाएपछी केन्द्रको बिबाद उत्कर्षमा पुगेको छ । ६ वडा रहेको बिहादी गाउ“सभामा गाउ“पालिका अध्यक्षरउपाध्यक्ष सहित १३ सदस्य एमाले, १४ सदस्य कांग्रेस र ७ जना एकिकृत माओबादीका छन् ।

सदस्यहरु बिच सहमति जुट्न नसक्दा समस्या उत्पन्न भएको छ । रानीपानी र बराचौरका जनप्रतिनिधीहरुले पहिले केन्द्रको टुङ्गो नलागे सम्म गाउँ परिषद नै चल्न नदिने चेतावनी दिएका छन् । गाउँसभाका सदस्यहरु विच सहमति नभएपछी गाउँ परिषद् चल्न सकेको छैन जसका कारण बजेट प्रभाबित बनेको छ ।

वहाकीठाँटीका जनप्रतिनिधीहरुले राजपत्रमा उल्लेख भएअनुसार केन्द्र कायम गरी बजेट सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् भने रानीपानी,बराचौरका जनप्रतिनिधीहरुले रानीपानीमा केन्द्र राखीनुपर्ने माग गरेका छन् । केन्द्रप्रति वडा नं। ५ उरामपोखरा र ६ शालिग्रामका जनप्रतिनिधीहरुले भने केहीँ प्रतिक्रीया जनाएका छैन्न् ।

सरकारले गत फागुन २७ गते बिहादी गाउँपालिकाको केन्द्र वहाकीठाँटीमा राख्ने राजपत्रमा प्रकाशित गरेको दिन देखिनै रानीपानी,बराचौर र बाच्छाका नागरिकले असहमति पत्रमा हस्ताक्षर गरेका थीए । बिहादी गाउँपालिमा हाल सञ्चालन भईरहेको केन्द्र सबै ठाउँका नागरिक लाई पायक नपर्ने हुदाँ केन्द्र तत्काल सारिनुपर्ने बिहादी गाउँपालिका वडा नं। २ का वडाध्यक्ष ओम प्रसाद कुवँरले बताउनुभयो ।

बाच्छा र उरामपोखराका बासीन्दा लाई पायक पर्ने स्थान पोखराचौर हुने हुदाँ केन्द्र पोखराचौरको आसपासमानै हुनुपर्ने उहाँको भनाई छ । यधपी उहाँले भुगोल अनुसार उरामपोखराको गेप्ताङ्ग र बाच्छाको पातीचौरको बिच भाग नापेर जहाँ ठीक बीच पर्छ केन्द्र सोही ठाउँमा राख्न आफु तयार रहेको बताउनुभयो । हालको केन्द्रमा बाच्छा सहितका साबिक गाविसबासीले असहज र अब्यवहारिक भएको प्रतिक्रिया दिएका छन् भने वहाकीठाटी सहतिका बासीन्दाले वहाकीठाटीमानै केन्द्र हुनुपर्ने प्रतिक्रीया दिएका छन् ।

पहिलो प्रस्तावमा गरिएको रानीपानीमा केन्द्र नहुदाँ स्थानीयस्तरबाटै चर्को विरोध भएको छ’ । पुनःसंरचना भएकाले विवाद हुनु समान्य भएपनि त्यसलाई स्थानीए तहबाटनै समाधान गर्नुपर्ने गाउँपालिका अध्यक्ष कमल भुषालले बताउनुभयो । उहाँले गाउँ परषद् सकेर केन्द्रको बिबाद सुल्झाउन अग्रह गर्नुभयो ।

‘सबै विषयमा सहमति जुटेकै छैन,’ भुषालले भन्नुभयो, ‘सहमति जुटाएर बजेट पास गर्ने तयारीमा छौ । उहाँले सबै लाई पायक पर्ने स्थानमा केन्द्र राख्न आफु तयार रहेको प्रष्ट पार्नुभयो । केन्द्रको लागी प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या, भाषिक र जातीय सघनता लगायत मापदण्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता