साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रभावकारी बन्दै गरिवी निवारण कोष कार्यक्रम

६ श्रावण २०७४, शुक्रबार ०६:४९


साउन ६, नवलपरासी । नवलपरासीमा सञ्चालित गरिवी निवारण कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७१/७२ वाट हालका ३ नगरपालिका र ८ गाउँपालिकामा लागु भएको कोषको कार्यक्रमले गरिब मानिसहरुलाई घुम्ती कोष मार्फत आर्थिक सहयोग गरेपछि उनिहरु आयआर्जनमुखि बन्दै गएका छन् । 

ईन्द्रेणी समाजिक बिकास मञ्च बर्दघाट, बिजय बिकास तथा स्रोत केन्द्र, सामुदायिक बिकास तथा अनुसन्धान केन्द्र, स्वर्णिम सामुदायिक बिकास प्रतिष्ठान नवलपरासीद्धारा संयुक्त रुपमा सञ्चालित गिरिबि निवारण कोष कार्यक्रम नवलपरासीको साविकका ३० वटा गाविसहरुमा सञ्चालन गरिएको छ । खासगरि बिपन्न सामुदायका मानिसहरुलाई आयआर्जनमा पँहुच पुर्याउनका लागि कोषले बिशेष गरि पशुपालन, साना ब्यपार र कृषि ब्यवसायमा लगानी गर्दै आएको छ । 

कोषका साझेदार संस्थाहरुले सविकका ८ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा १ सय ३९ सामुदायिक संस्था गठन गरि रु ४ करोड ९१ लाख १५ हजार ७ सय १४ रुपैया बिभिन्न आयआर्जनमुखि काममा लगानी गरेको जनाएको छ । साझेदार संस्था मध्ये ईन्द्रेणि समाजिक बिकास मञ्च बर्दघाटले साविकका ठुलो खैरटवा, पक्लिहंवा, गुठी प्रसौनी, कुडिया, हरपुर, गेर्मि, पाल्ही र बडहरा दुबौलिया, यस्तै बिजय बिकास स्रोत केन्द्रलेपनि ८ गाविस,क्सामुदायिक बिकास तथा अनुसन्धान केन्द्र र स्वर्णिम सामुदायिक बिकास प्रतिष्ठानले सात सात गाविसमा गरिबि निवारण कोषको कार्यक्रम सञ्चालन गरेका छन् । 


कोषले जिल्लामा पशुपालनमा १५ सय, साना ब्यपारमा १ सय १८ र कृषि ब्यवसायमा २३ जनालाई आबद्ध गराई आयआर्जनमा लगानी गरेको छ । यस्तै गरिबि निवारण कोषले जिल्लामा भौतिक पुर्वाधार निर्माण योजनामा लगानी गरेको छ । 

कोषले बुलिङ्गटारको डाडाथोकमा रु १५ लाख ४६ हजार ८२९ रुपैया अनुदान दिई सिंचाई योजना निर्माण गर्न लगानी गरेको छ भने बुलिङ्गटार ९ मा राजथुम्कि कल्भर्ट निर्माण योजना, कोल्हुवा ३ मा मध्यबिन्दु लिफ्ट सिंचाई योजना, साविक नरम गाविस १ मा धारादि खोल्छा खानेपानी योजना र गेर्मि ३, ४ र ५ मा दुध चिस्यान केन्द्रमा जम्मा रु ६४ लाख ७३ हजार ८ सय ९४ रुपैया अनुदान दिएको कोषका कार्य प्रबन्धक रामशुन्दर नेपालीले सुनवलमा आयोजित बार्षिक समिक्षा कार्यक्रममा जानकारी गराउनु भयो । 

गरिबि निवारण कोषले स्थानीय स्तरमा गरिब समुदायमा पशुपालन ब्यवस्थापन तालिम, ब्यवसायिक योजना अभिमुखिकरण, सामुदायिक संस्थाका पदाधिकारीहरुलाई नेतृत्व बिकास सम्बन्धि तालिम जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आयआर्जनमा अभिप्रेरित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता