पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत प्रहरीले शिक्षक मृत्युको रहस्य पत्ता लगाउन नसकेपछि भन्यो–यो घटना पर्वतको होइन

६ श्रावण २०७४, शुक्रबार ०७:००

 पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई आईवल एकेडेमी वोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्यूको छानबिनका लागि बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाएको छ । पर्वत प्रहरीले लामो छानबिनबाट कुनै प्रमाण फेला पार्न नसकेपछि घटना घटेको स्थल बाग्लुङ भएको भन्दै छानविन गर्न बाग्लुङ पठाएको हो । गत जेठ २५ गतेदेखि बेपत्ता बनेका पौडेलको शव १५ दिन पछि वाग्लुङ जिल्लाको जैमुनि गाउँपालिका ८, बेलवगर स्थित कालिगण्डकी नदि किनारमा फेला परेको थियो । पर्वत प्रहरीले दिएको जानकारी अनुसार पौडेलको शव वाग्लुङ जिल्लामा भेटिएको र बाग्लुङ जिल्लाबाट पत्र साथ जाहेरी दर्खास्त लगायतका कागजातहरु पर्वत प्रहरीमा प्राप्त भएकाले अनुसन्धान गरिरहेको भएपनि हालसम्मको अनुसन्धान तहकिकात तथा उपलब्ध तथ्य, प्रमाणवाट यस जिल्ला अन्तर्गत वारदात स्थल पुष्टि हुन नआएको हुदा शव फेला परेको स्थानलाई घटनास्थल मानिने भन्दै बाग्लुङ नै पठाईएको बताइएको छ ।

पर्वत प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयसँगको रायको आधारमा घटनास्थल मानिने मुलुकी ऐन अदालती वन्दोवस्तिको २९ नं. को (२) अनुसार सोही ईलाकाको अड्डावाट हेर्नुपर्छ भनि उल्लेख भएको हुदा सोही अनुसार गर्नु हुन भनि पक्राउ परेका प्रतिवादीहरु र सक्कल मिसिल समेत थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय वाग्लुङ पठाईएको बताएको छ । शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सीपल र २ जना अभिभावक सहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएको थियो । पर्वत प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको भएपनि कुनै तथ्य फेला पार्न सकेको छैन । यता बिद्यालयका अभिभावक, ब्यावस्थापन समिति, बिद्यार्थी तथा प्रिन्सीपल बिमल पौडेलका आफन्तहरुले भने बिनाकारण गिरफ्तार गरि प्रहरीले अनावश्यक दु:ख दिएको बताएका छन् ।

http://phalewassandesh.com/userfiles/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता