Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक गम्भीर घाइते

By साझासवाल

काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् ।

नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भने मोटरसाइकल चालक नुवाकोट लिखु-३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेका लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।