Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अछाम मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा ह-त्या

२०८१, १९ माघ शनिबार १२:२८

धनगढी । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी (फूपुभदैनी नाता पर्ने) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ ।

प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिवर्तित नाम (६९ मङ्गलसेन ७३) र (६९ मङ्गलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरीले बताए ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मङ्गलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मङ्गलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरूले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार, मृतक इशरा खड्का र एक आरोपी किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो।

हत्या आरोपी किशोरहरू माघ महिनामा कोसेली लिएर फुपुको घर गएका थिए। सोही मौकामा किशोरीहरूसँग भेट्ने योजना बनाएर छिन्ने जंगल पुगेका थिए।

पहिलो भेटमा मृतक इशरा खड्काले परिवर्तित नाम ६९ मङ्गलसेन ७३ किशोरलाई चुन्नी(दोपट्टा) साटे | त्यसपछि परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले पनि मृतक सरस्वती खड्कालाई प्रेम प्रस्ताव राख्दै इशारा र ६९ मंगलसेन ७३ जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गरे। तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिन् | प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरे। जब सरस्वतीले प्रतिवाद गरिन्, उनले ढुंगाले हानेर उनको हत्या गरे। हत्या लुकाउन उनले भीरमाथिबाट ठूलो ढुंगा खसाले। ढुंगा खस्ने आवाज सुनेर जब इशरा खड्का घटनास्थलमा आइन्, सरस्वतीको शव देखिन | इशराले आरोपितहरूलाई सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गर्ने बताइन्। त्यसपछि आरोपितहरूले इशरालाई पनि मार्ने योजना बनाए। दुवैले मिलेर ढुंगा प्रहार गर्दै उनको पनि हत्या गरेको प्रहरीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना