Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २२ चैत्र आईतवार
पर्बत - PBT

नगरप्रमुख जोशीको निर्देशनमा – सेवाअवधि सकिएका ११ कर्मचारीले सेवा प्रवाह गर्दै

२०७४, ६ श्रावण शुक्रबार ०८:४८



पर्वत । पर्वत सदरमुकाम रहेको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको निर्देशनमा म्याद सकिएका कर्मचारीलाई काममा लगाएको पाईएको छ । नयाँ कर्मचारी थप गर्न तथा करारका कर्मचारीलाई म्याद थप गर्न नगर बोर्डको बैठकले पास गर्नुपर्नेमा एकलौटी ढंगले म्याद थप नगरि काममा लगाए पछि वडा अध्यक्षहरुले बिरोध जनाएका छन् ।
कुश्मा नगरपालिकामा कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्यूटर अपरेटर ३ जना, कार्यालय सहायक चौंथो २ जना, डाईभर २ जना र कार्यालय सहायक ३ जना गरि ११ जनाको गत असार मसान्तमा म्याद सकिएको हो । म्याद सकिएको एक हप्तासम्म पनि उनीहरु कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गराई काममा लगाइएको कार्यालयका सूचना अधिकारी लाल प्रसाद शर्माले जानकारी दिए ।
करार सेवा अन्तर्गत १ वर्षे करारमा लिइएका कर्मचारीहरुको म्याद सकिएपछि हाँजिर गर्न नपाईने भएपनि कार्यालयको हाँजिरी रजिष्टरमा हाँजिर गरिरहेका छन् । हाँजिर कसले कसरि गराएको भन्नेमा कार्यालयका प्रमुख नै अनविज्ञ रहेका छन् । यसरी काममा लगाउनु नियम विपरित भएपनि नगरपालिकाका प्रमुखले आँफूखुशी काममा लगाई रहेको बताईएको छ । नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सुबेदीका अनुसार आँफूले काममा नलगाएको र यो विषयमा नगरप्रमुखसँग नै जानकारी लिन आग्रह गरे । मलाई यो विषयमा केही जानकारी छैन उनले भने यो विषयमा मेयर साव लाई नै सोध्नुस् । तर हालै स्थानिय निकाय निर्वाचनबाट मेयरमा निर्वाचित भएका रामचन्द्र जोशीले भने पटक पटक सम्पर्क गर्दा फोन नै उठाएनन् ।
तत्कालिन कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले नियम विपरित ति सबै कर्मचारी करारमा नियुक्ती गराएका थिए । तर नयाँ जन प्रतिनिधीले भने नयाँ प्रक्रिया अनुसार कार्यालयको आवश्यकताका आधारमा कर्मचारी थप गर्नुपर्ने अडान लिएका छन् । नगरपालिकाको कार्यकारी बोर्डमा एमालेको बहुमत रहेको छ भने काँग्रेसका मेयर र उप मेयर सहित अल्पमतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते