साउन ६, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले ९ जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) तिन दिने वृहद यौनिकता शिक्षा प्रदान गरेको छ । 

विभिन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले ९ जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) तिन दिने वृहद यौनिकता शिक्षा प्रदान गरेको छ । 

विभिन्न"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किशोरकिशोरीलाई बृहत यौनिकता शिक्षा प्रदान

२०७४, ६ श्रावण शुक्रबार ११:४६


साउन ६, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले ९ जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) तिन दिने वृहद यौनिकता शिक्षा प्रदान गरेको छ । 

विभिन्न क्षेत्रका ९ जना किसोर किसोरी साथी शिक्षकलाई वृहत यौनिकता शिक्षा प्रदान गरिएको हो । किसोर किसोरी तथा युवायुवतीहरुलाई लक्षित गरि प्रदान गरिएको वृहद यौनिकता शिक्षा, साथी शिक्षक मार्फत समाजमा छरिएर रहेका किसोर किसोरी तथा युवायुवतीहरुलाई जानकारी गराईने छ । 

तालिममा शाखा अन्तर्गत सुनवल, रामपुर खडौना, रमपुरवा स्थित सामुदायिक क्लिनीकबाट गरि ९ जना पियर एजुकेटरहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपाल परिवार नियोजन संघका नियमित सेवा महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, किसोर किसोरीको शारिरिक परिवर्तन, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा प्रशिक्षण गरिएको छ । तालिममा निमित्त शाखा प्रवन्धक यमनाथ पौडेल, डाक्टर विश्वदिप रणपाल, सिनियर स्टाफ नर्स अन्जी श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।  

तालिमको समापन कार्यक्रमका अध्यक्ष तथा शाखा सभापति प्रबल राजरेग्मीले यस शाखा मार्फत युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत संघले गर्दै आएको बताउनु भयो । 

कार्यक्रममा संघका युवा संयोजक हुसैन अंसारी, निमित्त शाखा प्रबन्धक यमनाथ पौडेल, डाक्टर विश्वदिप रणपाल लगायते मन्तब्य राखेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते