राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया न"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा ३२ जनाले गरे रक्तदान

२०७४, ६ श्रावण शुक्रबार १२:५१


राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गुमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । 

रेडियो धड्कनबाट अहिले सम्म २ सय जना भन्दा बढी बिरामीहरुलाई रगतको आबश्यक्ता भएको बेला रगत उपलब्ध गरि दिनका लागी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए ।  

नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ । 

रक्तदान गर्नैहरुमा अंजय कुमार साह, राम नारायण पंडित, रंन्जय महरा, संगिता साह, जिबछ यादब, बिपिन कुमार साह, लालबाबु साह, राम भरोसी यादब, राजगिर यादब, अयोधी यादब, सुधिर साह, एकनाथ कोइराला, सोमन मंडल, सुरेश महतो, अभय कुमार साह, संजय कुमार यादब, सुजन राई, नेत्र बहादुर कार्की, राकेश साह, रमेश कुमार साह, बसन्त कुमार धमला, रामएकबाल मंडल, राजेश कुमार साह, दिनेश साह, प्रदिप कुमार साह, राजाराम साह, मनोज कुमार साह, सत्यनारायण साह, पिंटु कुमार साह, सुशिला देबि साह र मिथलेश साह रहेका छन् । 

रक्तदान कार्यक्रममा मिर्चैया रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक यमनाथ अधिकारी, मिर्चैया नगरपालिकाका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रतिनिधि  लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । 

रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला