९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा बालविवाह गर्ने प्रचलन अझै पनि कायमै

६ श्रावण २०७४, शुक्रबार १३:११

साउन ६, डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महिनावारी हुनु भन्दा अगाडि नै छोरीलाई विवाह गरी दिए पुण्य प्राप्त हुने अर्थात धर्म कमाइने भन्ने अन्ध विश्वासले बाल विवाहको प्रचलन कायमै रहेको हो ।

यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा उमेर नपुग्दै विवाह गरिदिने प्रचलन कायमै रहेको छ । यहाँका जिल्ला सदरमुकाममा  बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दा समेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाह झनै कायमै रहेको स्थायीबासिन्दाहरु बताउँछन् ।

उनीहरु भन्छन् ‘बाल विवाहको अन्त्यका लागि खुलेका संघ संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।’ कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफूखुसी अर्थात कानूनी विवाह गर्ने हो भने २० बर्वा पुगेको हुनपर्ने प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना  अधिकारी केशव लामिलानेले बताउनुभयो ।

कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भएपनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि सजाय गरेको छैन । बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था क्रियाशिल भएपनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयबासीका अनुसार सुदूरपश्चिममा कम्तीमा पनि ७० प्रतिशत बालविवाह हुने गरेकोे छ ।

बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारबाला संघ संस्थाहरुले खासै चासो नदेखाएको र यहाँका जिल्लाबासीहरुमा जन चेतनाको कमीका कारण बाल विवाह दिन प्रतिदिन बढ्दै जान थालेको दिपायलका स्थानीय बासिन्दा जगत बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘महिनावारी हुनुभन्दा पहिले छोरीको बिहे गरे पुण्य पाइन्छ भन्ने अन्ध विश्वास हटाउनु पर्‍यो तबमात्र रोकिन्छ यहाँको बाल विवाह ।’ सानै उमेरमा विवाह गरिँदा सुदूरपश्चिमका केही महिलाले बच्चा पाउने बेला ज्यान गुमाउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता