पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ऐन नियम बिपरित कर उठाउ“दै जिल्ला समन्वय समिति

७ श्रावण २०७४, शनिबार ०३:४५

पर्वत ।जल्ला समन्वय समिति पर्बतले नियम बिपरित चर्को रुपमा सडक कर उठाउने गरेको खुलासा भएको छ । 

आफ्नो स्रोत बाट निर्माण        गरेको वा आफूलाई हस्तान्तरण भई आएको सड़क बाटो तथा पुल बाट आवागमन गर्ने     सवारी तथा यातायातका साधनमा लगाइने पटके कर अन्य जिल्लाको तुलनामा अत्यन्तै महँगो हुने गरेको स्थानीय यातायात ब्यबसायीहरुले गुनासो गरेका छन । बुधबार मोदी गाउँ पालिकाको पातिचौरमा आयोजित सरोकारवालाहरुको भेलामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो गुनासो गरेका हुन ।

स्थानीय स्वायत्त शासन ऐन अनुसार निजी तथा भाडाका बस ट्रकमा पाँच रुपैया देखि पच्चीस रुपैया सम्म, मिनी बस तथा ट्याक्टर मा पाँच रुपैया देखि पन्ध्र रुपैया सम्म र निजी तथा भाडाका कार टेम्पोमा पाँच रुपैया देखि दश रुपैया सम्म पटके कर लिन पाइने ब्यबस्था भएको भए पनि जिल्ला समन्वय समितिले बोलपत्र आह्वान गरी तीन सय रुपैया भन्दा बढ़ी पटके कर लिने गरी ठेकेदारहरुलाई उठाउने जिम्मा दिने       गरेको सवारी धनी तथा स्वयं ठेकेदारहरुले बताएका छन । 

ऐन नियम बिपरित चर्को रुपमा उठाइने गरेको पटके कर कै कारण ग्रामीण भेगमा चल्ने जीप तथा ट्याक्टरले भाडा बढ़ी लिनु परेको ब्यबसायीहरुको तर्क छ भने छोटो दुरीमा आफूहरू महँगो भाडा तिरेर यात्रा गर्नु परेको यात्रुहरुको गुनासो छ ।  ऐनमा तोकिए भन्दा झण्डै बीस गुणा बढ़ी पटके कर उठाउने गरिएको भए  पनि सडक मर्मतमा सो रकम खर्च हुने गरेको छैन । जब कि स्थानीय स्वायत्त शासन ऐन अनुसार यसरी उठाईने कर सम्बन्धित सड़क को मर्मत संभारमा मात्र खर्च गर्नु पर्ने  प्राबधान छ ।

सो भेलाले ऐन नियम बिपरित नयाँ आर्थिक बर्षका लागि चर्को रुपमा सडक कर उठाउने गरी जिल्ला समन्वय समितिले  ठेक्का प्रकृया अगाडि बढाएको भन्दै उक्त निर्णय सच्याउनका लागि दबाब दिने उद्धेश्यका साथ मोदी गाउँ पालिका वडा नं २ का वडाध्यक्ष बिकास तिमिल्सीनाको संयोजकत्वमा स्थानीय जन प्रतिनिधिहरु र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहितको १९ सदस्यीय एक सरोकार समिति समेत गठन गरिएको छ ।

नवगठित  समितिले बिद्यमान संबिधान ऐन नियम अनुसारको ब्यबस्था र स्थानीय तहको अधिकार क्षेत्रको अध्ययन गरी सम्बन्धित निकायहरु समक्ष समस्याको समाधान गर्न पहल गर्ने संयोजक तिमिल्सिनाले जानकारी दिनु भयो ।

उक्त भेलामा वडा नं ३ का वडाध्यक्ष देबेन्द्र बहादुर क्षेत्री , पर्बत उधोग बाणिज्य संघका सदस्य गंगा तिमिल्सिना, सामुदायिक सेवा समाजका अध्यक्ष रामचन्द्र तिमिल्सिना,  प्रहरी चौकि देउपुरका इन्चार्ज एक नारायण खनाल, ट्राफिक प्रहरी हवल्दार रेशम बहादुर थापा, पातिचौर बजार ब्यबस्थापन समितिका भीम प्रसाद शर्मा,यातायात तथा निर्माण ब्यबसायी बेल बहादुर कार्की,  खिम बहादुर हमाल, राजेन्द्र हमाल लगायतको उपस्थिति रहेको      थियो ।

यसैबीच सोही कार्यक्रममा भर्खरै सरुवा भई आउनु भएका प्रहरी चौकी देउपुरका इन्चार्ज एक नारायण खनाललाई स्वागत तथा सम्मान गरिएको    थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता