https://i0.wp.com/setosurya.com/wp-content/uploads/2017/07/ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... https://i0.wp.com/setosurya.com/wp-content/uploads/2017/07/
९ माघ २०८२, बिहीबार
पर्बत - PBT

हप्तादिनमा काठमाण्डौमा फेला परिन् पार्वती

७ श्रावण २०७४, शनिबार १२:१०

https://i0.wp.com/setosurya.com/wp-content/uploads/2017/07/एक हप्तादेखि वेपत्ता शान्ति दर्जी काठमाण्डौमा फेला परेकी छिन् । काठमाण्डौ प्रहरीले फेला पारेर वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।


काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले फेला पारी उनलई भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्र (१०४) राखिएको थियो । केन्द्रले शनिवार विहान शान्तिलाई श्रीमान् सन्ते दर्जीको जिम्मा लगाइएको छ ।


जिल्ला प्रहरी कार्यालय म्याग्दीले समन्वय तथा सम्पर्क गरी उक्त कार्यालयमा सम्पर्क राख्न पठाए पश्चात हाल निज शान्ती दर्जीलाई उनका श्रीमान् तथा सासुको जिम्मा लगाईएको म्याग्दीकी प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताउनुयभो ।

श्रीमती फेला परेपछि खुसी हुँदै सन्तेले सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।


श्रीमती वेपत्ता भएपछि उनको श्रीमान सन्ते दर्जीले प्रहरीलाई खोजतलास गरिदिन अनुरोध गरेका थिए । आर्थिक अवस्था कमजोर दर्जी परिवारले श्रीमतीको खोजीमा काठमाण्डौ जानका लागि शुक्रवार बेनीमा आर्थिक संकलन गरेका थिए । शुक्रबार रात्री वसमा सन्ते र उनको आमा काठमाण्डौमा पुगेका हुन ।


पोखरामा उपचार गराईरहेका श्रीमान भेट्न हिँडेकी उनी काठमाण्डौ पुगेकी थिइन । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी शान्ति ठाउँ पत्ता लगाउन नसकेको कारण काठमाण्डौमा पुगेकी हुन । काठमाण्डौमा पुगेपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भएकी थिइन ।


कहिल्यै पोखरा नगएको र सोधखोज नगरेको कारण उनी पोखरा भन्दै काठमाण्डौमा पुगेकी थिईन् ।

आफ्नो श्रीमती चलाख नभएको र धेरै बोल्न नसक्ने र बजारमा ठाउँ पहिचान गर्न नसक्ने भएकाले देख्ने जो कसैलाई पनि प्रहरी मार्फत आफ्नो घरमा फकाईदिन अनुरोध गरेका थिए । आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले बेनीमा पत्रपत्रिका बाँड्ने, भारी बोक्ने काम गरि जिविकोपार्जन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता