काठमाडौँ । काठमाडौँको चाबहिल स्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । हत्यामा संलग्न आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीको हत्या भएको हो । छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाका एक जना प्रहरीले बताए ।
घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।