२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दलितलाई विभेद र कुटपिट गर्ने एक लाख धरौटीमा छुटे

२०७४, ८ श्रावण आईतवार १३:११

प्रेम सुनार/साउन ८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ४ मा  असार २४ गते स्थानिय  दलित कर्णबहादुर नेपालीलाई छुवाछुत विभेद गर्दै निर्घात  कुटपिट गरेका आमा छोरा आज जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

हाल सम्म प्रहरीको हिरासतमा रहेका आरोपी शोभा कार्की र उनका छोरा कृष्ण कार्की ५०/५० हजार धरौटी झुण्डाएर निस्केका हुन् । छुवाछुत विभेद र कुटपिटको मुद्धा अदालतमा दायर गरी उनिहरुलाई कार्वाही प्रकृया अगाडी बढाईको छ ।

यस अघि छुवाछुद विभेद सम्वन्धी दलितका मुद्धा दर्ता गर्न आनाकानी गर्ने गरेको र यसपाली  जिल्ला प्रहरी कार्यालय गुल्मीले विना आनाकानी स्वतःस्र्फुत  मुद्धा दर्ता गरेर उदाहरणीय काम गरेको दलित अधिकारकर्मी धर्म बिश्कर्माले बताए ।

उक्त घटनाका सम्वन्धमा स्थलगत  अध्यान गर्न गुल्मी आएका राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारले यहाँको प्रहरी र सरकारी वकिलको  कार्यालय निकै सकरात्मक आफुहरुले पाएको प्रतिकृया दिए । उनले दलितका  छुवाछुत  मुद्धामा  यति ठुलो रकम धरौटी राखेको यो पहिलो भएको बताउँदै जिल्ला अदालत गुल्मीले  पनि  छुवाछुद विभेद विरुद्ध स्वागत योग्य कार्यको  संकेत दिएको उनको भनाई थियो ।

उनि सहित विभिन्न दलित अधिकारकर्मी घटना स्थल मुसिकोटको हलोगाडेमा पुगी दुवै पक्ष संग सत्य तथ्य बुझेर फर्किएका छन् । उक्त घटना  छुवाछुत विभेदबाटै घटेको उनिहरुको निश्कर्ष रहेको छ ।  

उनिहरुले चन्द्रकोट वडा नम्वर ५, ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले स्थानिय अपाङ्ग दलित  मनबहादुर बिकलाई साउन १ गते घरमै गएर कुटपिट गर्ने घटना विरुद्ध पनि आफुहरुको गम्भीर ध्यानकार्षण भएको बताएका छन् ।

वडाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधीले अपाङ्ग दलितलाई कानको जाली फुट्ने गरी गरेको कुटपिटको  फौजदारी अभियोगलाई ईलाका प्रहरी कार्यालय चन्द्रकोटले १३ हजार ४ सय १० रुपैयाँ पिडितलाई दिलाएर मिलाउनु कानुन विपरित भएको  जनाउँदै यहाँको जिल्ला प्रशासन र प्रहरी प्रमुखलाई  पुनः छानविन  गरी कार्वाही प्रकृया अगाडी बढाउन आग्रह गरेका छन् ।

वडाध्यक्ष विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा  पिडितले जाहेरी दिएको मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जनाकारी दिए । वुटवलमा गरेको घाजाँचले मात्र नपुेर आज जिल्ला अस्पतालमा समेत घाँ जाँच गराउँदा बिकको कानले ९५ प्रतिशत श्रवणशक्ती गुमाएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

उनको कानको उपचार हुन पनि सक्ने र श्रवणशक्ति गुम्न पनि सक्ने त्यस अस्पतालका डाक्रले बताएको अधिकारकर्मी कमला वरालले  बताईन् ।  पिडित बिकले चन्द्रकोट प्रहरी कार्यालयमा ठुलो संख्यामा वडाध्यक्ष पुन पक्षका मानिसहरु आएर आफुलाई बोल्नै नदिई जवरजस्ती उक्त रकममा मिल्नु पर्ने सहमति पत्र बनाएको बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते