२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

परशुराम नगरपालीमा विपद् पूर्वतयारी सामग्री रुडुक संस्थाद्धारा हस्तान्तरण

८ श्रावण २०७४, आईतवार १३:५५

ललित बोहरा/साउन ८, डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने परशुराम नगरपालिकामा विपद् पूर्वतयारीका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागी आइतबार एक कार्यक्रम बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लामा पहल कार्यक्रम संचालन गर्दै आईरहेको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले उक्त कार्यक्रममा खोज उद्धारका लागी आवश्यक सामानहरु हस्तान्त्रण गरिएको हो ।

रुडुक डडेल्धुराले गैटी, बेल्जा, परुवा, साबेल, घन, थ्रो ब्याग, त्रिपाल, सिट्टी, माईक, स्टेचर, रेनकोट, टर्चलाईट, ट्युव लगायतका १९ किसिमका सामग्रीहरु परशुराम नगरपालिकाको विपद् व्यवस्थापन समितिका उपसंयोजक तथा नगरपालिकाका उपप्रमुख कलावती बोहरा लाई हस्तान्तरण गरेको छ ।

प्राप्त खोज उद्धार सामग्रीलाई यस क्षेत्रको अति नै संकट ग्रस्त क्षेत्रमा प्रयोग गर्ने र आगामी दिनमा बस्ती स्तर सम्मै खोज उद्धार सामग्री पुगाउने लक्ष्य रहेको र यसमा सबैले साथ दिनुपर्ने उपप्रमुख बोहराले बताएकी छिन् ।

 जिल्लाकै संवेदनशिल क्षेत्र भएकोले विपद् व्यवस्थापनको लागी आपतकालीन कार्ययोजनाका साथै खोज उद्धार सामग्री भण्डारण गर्ने छुट्टै स्थान निर्माण गर्नुपर्ने ईलाका प्रशासक दत्तुराम पाण्डेले बताएका छन् ।

 यस्तै जिल्लका भागेश्वर गाउँपालिका र आलिताल गाउँपालिकामा पनि यस्ता किसिमका उद्धार सामग्रीहरु केही दिनमै हस्तान्तरण गर्ने कार्यक्रम रहेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो