Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पानीमा डुबेर २८ वर्षीय युवकको मृ-त्यु

By साझासवाल

धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।