बर्दियामा पेस्तोल सहित दुई जना पक्राउ

Posted on: 24 Jul, 2017

साउन ९, बर्दिया । बर्दियामा दुई नाल कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा बाँसगढी नगरपालिका वार्ड नम्वर ७ निवासी ४२ बर्षीय छब्बन खाँ र ५५ बर्षीय रतन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

घटनामा संलग्न २२ बर्षीय श्यामलाल चौधरी फरार रहेको जनाईएको छ । प्रहरीका अनुसार बाँसगढीको सदाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनमा लुकाई छिपाई राखेको अवस्थामा २ नाल कटुवा पेस्तोल, ५ राउण्ड गोली, एसएलआरमा लाग्ने २ राउण्ड गोली र स्पेशल रिभल्वर पेस्तोलमा लाग्ने गोली समेत पक्राउ गरिएको छ । 

उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीकक खड्काले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!