२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

लक्षित वर्गको रकममा दलितहरु विचमै लुछाचुँडी र कुटपिट

९ श्रावण २०७४, सोमबार १३:१८

प्रेम सुनार/साउन ९, गुल्मी । जिल्ला विकास समिद्धिारा लक्षित वर्गका लागि विनियोजन हुने रकमा साविकको अर्वेनी गाविसमा दलित अगुवाहरु विचमै लुछाचुँडी हुँदै आएको छ र यसपाली त एक आपसमा कुटपिट समेत भएको छ ।

उक्त शिर्षकको रकम बाँडफाँडका क्रममा एमाले कार्यकर्ताहरुले गरेको निर्णयमा असहमति जनाए बापत गुल्मीको अर्वेनीमा एमाले कार्यकर्ताहरुले माओवादी केन्द्रका एक कार्यकर्तालाई आईतवार निर्घात कुटपिट गरेका छन् ।

कालिगण्डकी गाउँपालिका वडा नम्वर–२ साविकको अर्वेनी गाविस  वडा नम्वर–२ भयकोटका २४ वर्षिय होमबहादुर बिकलाई  दलित उत्थान वडा समन्वय समिति अर्वेनीका अध्यक्ष टिकाराम बिक भनेर चिनिने नन्द विकले आफ्ना कार्यकर्ता सुन्दर बिक लगायतका युवाहरु परिचालन गरी अर्वेनी बसपार्क  पछाडी बिकलाई एक्लो पारी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

एमालेको वाहुल्यता रहेको साविकको त्यस गाविसमा गत ५ वर्ष देखि एमाले कै कार्यकर्ता टिकाराम बिक अध्यक्ष रहेको र हाल सम्म उनले दलितहरुका लागि परेको रकमबाट कार्यक्रमहरु एकलौटी र  अप्रादर्शी ढंगले  सञ्चालन गर्दै आई रहेको विषय विरुद्ध माओवादी केन्द्रका कार्यकर्ता  नन्दबहादुर बिकले आवाज उठाउँदै आएका थिए ।

साविकको वडा नम्वर १, २ र ३ मा ७८ घरधुरी दलित छन् ।  वडा नम्व ७ र ८ मा  दलितहरु छैनन् । वडा नम्वर ४, ५ र ९ तत्कालिन गाविस कार्यालय सेरोफेरोमा जम्मा ३२ घरधुरी दलितहरु छन् ।   

‘गाविस सेरोफोरो भएका तिनै ३२ घरधुरी दलितहरुको अगुवाईमा दलितहरुको उत्थानका लागि आएको रकम बाँडफाँड हुँदै आएकोमा ठुलो संख्यामा रहेका माथील्लो भेगका दलितहरुले अव अध्यक्ष माथील्लो भेगकै बनाउनु पर्छ, सधै हामी डेढ घण्टाको दुरीमा पर्ने दलितहरु तल आउनु पर्ने, अव तपाईहरु पनि माथी  आउनु पर्छ भनेर भनेका थियौं, – माओवादी केन्द्रका कार्यकर्ता नन्दबहादुर बिकले भने –‘खास त मलाई नै कुटपिट गर्ने योजना रहेछ तर एक्लो अवस्थामा होमबहादुरलाई भेटेर सास फेर्न नसक्ने गरी एमालेहरुले कुटे छन् ।’

उनका अनुसार अध्यक्ष टिकाराम बिकले आर्थिक  वर्ष २०६९ ÷०७० देखि  हाल सम्म प्रत्येक वर्ष दलितका लागि  परेको रकमको पुरै हिसाव किताव  बुझाएका छैनन् । २०६९/०७० कै ८ हजार बुझाउन बाँकी छ, त्यो रकम पनि ल्याउनुस्, त्यस यताको रकम पनि बुझाउनुस्, हामीले भनेका थियौं र अहिले परेको १ लाख ८० हजारले घरधुरी संख्याको आधारमा रकम बाँडफाँड गरेर वाख्रा पालन गरौं भनेका थियौं बिकले थपे–‘ जहिले पनि त्यहाँ एमाले कै मनमर्जी अनुसार कार्यक्रम गर्न बाध्य हुनु परेपछि यसपालि माओवादी केन्द्रका दलित प्रतिनिधी होमबहादुर बिकले उनिहरुको निर्णयमा असहमति जनाएका थिए ।’

त्यसबाट रिसाएका एमालेहरुले तल घर जान वसपार्कमा झरेका होमबहादुरलाई एक्लो पारेर कुटेको र उनलाई सास फेर्न गाह्रो भएको स्थानिय  केन्द्रका स्थानिय नेता कमल न्यौपानेले बताए ।

‘कोखमा लात्ती मुड्की हाने छन् । सास फेर्न सकिन दाई भन्दै रोई रहेको थियो’– न्यौपानेले भने –‘लोकतन्त्रमा सहमति वा असहमति जनाउन पाउने अधिकार सवैको हुन्छ तर यहाँ लोकतन्त्र नभएर एमालेको राणाशासन चलेको हो कि भन्ने महशुस भएको छ ।’

एमाले कार्यकर्ता तथा ५ वर्ष देखि दलितहरुको अध्यक्ष रहँदै आएका टिकाराम बिकले भने बेस्सरी नपिटेको सामन्य धकला धकल मात्रै भएको जिकिर गरे । उनले भने–‘ हामीहरुले गरेको निर्णयमा उनले असहमति जनाए छन्, त्यसको विवादमा सामन्य धकला धकल मात्रै भएको हो, बेस्सरी कुटिएको होईन् ।’ कोखमा असर परेको बताईएका बिक घरमा लडि रहेका छन् ।

उता चन्द्रकोट गाउँपालिकामा एमालेबाटै विजयी  वडा नम्वर ५ का वडाध्यक्ष टेकबहादुर पुनले नै स्थानिय अपाङ्गका दलित एवं कांग्रेस कार्यकर्ता मनबहादुर बिकलाई कुटेर कानको जाली नै फुटाई दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने