Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राधिका शाक्यको गुनासो : पसिना र मेहनतको कमाइबाट घर बनाएका हौं, दरबार भन्न मिल्दैन

२०८१, १० फाल्गुन शनिबार १७:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ ।

शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।

सोही पुस्तक लोकार्पण गर्दै प्रथम महिला राधिका शाक्यले गरिब दुखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तकमा समेटिएको बताइन् ।

उनले भनिन्,‘म सानैदेखि गरिब दुखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिए यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै विहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’

साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहेनतको कमाइबाट घर बनाएको प्रष्ट पारिन् ।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ ।

बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा कहींकतैबाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर मनाएको बालकोट दरबार भन्न मिल्दैन ।’

जीवनशैलीबारे कुरा गर्दै उनले आफूहरू सामान्य ढंगले बसोबास गर्ने बताइन्। ‘हाम्रो लवाइखवाइ एकदमै मितव्ययी छ। हामीले मात्र खानलाउन पाएकामा खुसी छैनौं, सम्पूर्ण नेपालीले खानलाउन पाउनुपर्छ भनेर लागिरहेका छौँ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली