Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओखलढुंगामा बलात्कार आरोपमा एकजना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ओखलढुंगा | ओखलढुंगामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–५ का ५९ वर्षीय नेत्रबहादुर नेपाली दमाईं छन् ।

२३ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको शुक्रबार राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शुक्रबार साँझ बलात्कार गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।