२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

११ श्रावण २०७४, बुधबार ०७:३४

साउन ११, इटहरी  ।  सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ प ७२०४ र को ४ प ३२८४ सहित कपडासहित पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

भारतको विहारको बजारबाट सधँैजसो भन्सार छलेर मोटरसाइकलमा गैरकानुनी रुपमा सुनसरीतिर कपडा ल्याई अमडुवालगायतका क्षेत्रमा भण्डारण गरी सुनसरी र मोरङका बजारमा आपूर्तिको धन्दा गर्दै आएको सुराकका आधारमा ती अवैध कारोबारमा संलग्न व्यापारी पक्राउ परेका पनि उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका तिनै जनालाई आवश्यक कानूनी कारबाहीसहित राजश्व असुल गर्नका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य