साउन ११, विराटनगर । विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् ।
विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए ।
विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईलाई स्थानीयवासीले डुबेकै ठाउँमा बालुवाले पुरिएको अवस्थामा फेला पारेको मृतकका काका राजकुमार राईले जानकारी दिनुभयो । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको छ । रासस