Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौंको यी ठाउँमा आज सवारी निषेध, यी स्थलमा गर्न सकिन्छ पार्किङ !

२०८१, १४ फाल्गुन बुधबार ०८:५६

काठमाडौं । आज उपत्यकाका विभिन्न ठाउँको ट्राफिक रुट परिवर्तन भएको छ । विशेष गरी भगवान शिवको मन्दिर आसपासका क्षेत्रमा विशेष भीडभाड हुने भएकाले त्यस्ता ठाउँमा ट्राफिक जाम नपरोस भनी रुट परिवर्तन गरिएको छ ।

यस्तै महाशिवरात्रि पर्वका अवसरमा पशुपत क्षेत्रमा भक्तजनहरुको भिड बढेकाले त्यस क्षेत्रमा सवारी निषेध गरिएको छ । तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।

दर्शनार्थीहरूकै भिडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन लिएर दर्शन गर्न मन्दिर जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

बनकाली, भन्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको हो । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने दर्शनार्थीको सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

त्यस्तै दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरुको लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी पशुपती क्षेत्र विकाश कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ । तोकिएको स्थानमा मात्रै सवारी साधन पार्किङ गरि ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली