Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको गरे ह-त्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रुपन्देही । रोल्पामा श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।

त्रिवेणी गाउँपालिका ६ थुम्काटोलमा बस्ने ४० वर्षीय खिमबहादुर बुढा मगरले आफूलाई श्रीमतीले हेपेको भन्दै आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेका छन्। मृतक ३२ वर्षीय श्रीमतीसहित उनको परिवारमा दुई छोरा र एक छोरी पनि छन् ।

बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए।

श्रीमतीको हत्या गरेपछि पनि उनले हातमा हतियार लिएर घुमिरहेको र प्रहरी तथा स्थानीय छिमेकी आउँदासम्म पनि घरमै बसेका थिए । खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई श्रीमतीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् ।

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीले डोमिनेट गरेर आवेशमा आएर हत्या गरेको अहिलेसम्म खुलेको बताए ।