Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुपन्देहीमा एक युव‍क मृत फेला, गोली लागेको आशंका

By साझासवाल 2 मिनेट पढाइ

बुटवल । रुपन्देहीमा एक युवा मृत फेला परेको छ ।

मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
मृतक घरमा एक्लै बस्ने गरेको प्रहरीले बताए ।

स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी कार्कीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।