Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्ने एनआरएनहरुले मात्र एकता महाधिवेशनमा भाग लिन पाउने

२०८१, १९ फाल्गुन सोमबार ०८:११

काठमाडौं । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले बनाएको उपसमितिले मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्ने एनआरएनहरुले एकता महाधिवेशनमा भाग लिन पाउने जनाएको छ ।

विनोद कुँवर संयोजक रहेको ‘एनसीसी समन्वय उपसमिति’को बैठकले विदेशका शाखा (राष्ट्रिय समन्वय परिषद्–एनसीसी) हरूलाई पत्राचार गर्दै मार्च ३१ भित्र सदस्यता लिने र नवीकरण गर्नेलाई एनसीसी तथा आईसीसी (केन्द्र)को अधिवेशनमा भाग लिने व्यवस्था गर्न अनुरोध गरेको हो ।

उपसमितिले एकताको महाधिवेशनमा बढी भन्दा बढी सहभागिताको लागि लाग्न पनि एनसीसीहरुलाई अनुरोध गरेको छ ।

उपसमितिको फागुन १६ मा बसेको बैठकबारे जानकारी दिन आइतबार जारी विज्ञप्तिमा निर्धारित प्रक्रियाअनुसार एनसीसीको अधिवेशन सम्पन्न गर्न रणनीति तय गर्ने र निर्वाचनको कार्यविधि बनाउन सहजीकरण गर्ने निर्णय भएको छ ।

सदस्यताका लागि यसअघि आईसीसी (केन्द्र)ले लिँदै आएको शुल्क उच्चस्तरीय समितिले नलिने भन्दै उपसमितिले सम्बन्धित देशको एनसीसीको नियम बमोजिम सदस्यता शुल्क लिने तथा सदीयता दर्ता, समन्वय र प्रशासनिक खर्चहरू सम्बन्धित एनसीसीले नै व्यवस्था गर्ने निर्णय भएको संयोजक कुँवरले बताए ।

एनसीसीले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने यसअघि नै उच्चस्तरीय समितिले तयार गरेको कार्यादेशमा उल्लेख थियो ।

निर्धारित समयभित्र अधिवेशन तथा एमओयूसमेत नगर्ने एनसीसीको हकमा भने संयोजक तोकेर अधिवेशन गराउनका लागि सिफारिस गरी निर्णय गराउने उपसमितिले जनाएको छ ।

त्यसका लागि अधिवेशन निर्धारित समय भन्दा पनि जुन वा जुलाईमा गर्ने योजना बनाइ समितिसँग एमओयू गरेका एनसीसीहरुको महाधिवेशन गर्दा समेत मार्च ३१ भित्रै सदस्यता लिएको वा नवीकरण गरेका सदस्यहरूले भाग लिन पाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको कुँवरले बताए ।

कुँवर संयोजक रहेको समितिको सदस्य सचिव लोक दाहाल रहेका छन् भने विभिन्न क्षेत्रमा सदस्यहरू समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली