२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाटोमा रात परेपछि आश्रय लिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार, ५८ वर्षीय पुरुष पक्राउ

२०८१, १९ फाल्गुन सोमबार १२:२१

डडेल्धुरा | डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। परशुराम नगरपालिका–११ की १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोपमा आलीताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बोहरा पक्राउ परेका छन्।

पीडित परिवारको जाहेरीपछि जबरजस्ती करणीका आरोपी बोहरालाई शनिबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइएको प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

किशोरीले बच्चा जन्माएपछि बलात्कारको घटना बाहिरिएको हो। प्रहरीका अनुसार १५ फागुनमा बच्चा जन्म दिएकी थिइन्। अविवाहित १६ वर्षीयाले बच्चा जन्माएपछि सोधीखोजी गर्दा बलात्कारको घटना बाहिरिएको पीडित परिवारले जाहेरीले उल्लेख गरेका छन्।

पीडितले प्रहरीलाई दिएको जानकारी अनुसार गत असारमा घरबाट भिमडा जाने क्रममा बाटोमा रात परेपछि आश्रय लिएकी थिइन्। सोही राती उनीमाथि बोहराले जबरजस्ती करणी गरेको बताइएको छ।

बलात्कार आरोपी बोहरालाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ