2026-10-15 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईबाट धमाधम डिपोर्ट हुँदै नेपाली

काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई)मा गैरकानुनी कार्यमा संलग्न हुने नेपाली कामदारलाई यूएई सरकारले धमाधम डिपोर्ट गर्न थालेको छ ।

डिपोर्ट हुनेक्रम बढेपछि अबुधावीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विभिन्न पेसा र व्यवसायमा कार्यरत नेपालीलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं सभ्य र शिष्ट व्यवहार गर्न अनुरोध गरेको छ ।

आफ्नो पेसा र व्यवसायप्रति सधैं इमानदार, कर्तव्यनिष्ठ र अनुशासित भई कार्य गर्न दूतावासले अनुरोधसमेत गरेको छ ।

विगत केही समयदेखि नेपालीहरूमा मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको र मादक पदार्थ सेवन गरी झैझगडा गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीसहित नेपाल फिर्ता पठाउने गरेको भन्दै दूतावासले यसतर्फ समयमै सचेत हुन भनेको छ ।

जथाभावी मादक पदार्थ सेवन गरी झैझगडा गरेको र आवासीय नियमको पालना नगरेकै कारण हालका दिनहरूमा निर्वासन (डिपोर्ट) हुने नेपालीको संख्यामा वृद्धि भएको र यसबाट व्यक्ति स्वयंको शारीरिक, मानसिक र पारिवारिक रूपमा समेत असर पर्ने गरेको छ ।

यूएईमा रहँदा यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप आचरण र व्यवहार गर्न र कानुनी रूपमा निषेध गरिएका क्रियाकलापमा संलग्न नहुन, ट्राफिक नियमको पालना गर्न पनि दूतावासले भनेको छ । आफ्नो इमिरेट्स परिचयपत्र (इमिरेट्स आईडी) सधैं साथमा लिएर हिँड्न पनि दूतावासले भनेको छ ।

दूतावासका अनुसार ६ महिनाको अवधिमा करिब २ हजार ५ सयभन्दा बढी नेपालीलाई देश निकाला गरिसकेको छ भने यूएईका विभिन्न जेलमा ३ सयभन्दा बढीले जेल जीवन बिताइरहेका छन् । जसमध्येख ६ जना नेपालीले आजीवन जेल सजाय भोगिरहेका बताइएको छ ।

साथै, सेवाग्राहीले दूतावाससमक्ष कुनै समस्या वा गुनासो प्रस्तुत गर्नुपरेमा दूतावासका सम्बन्धित अधिकारीसमक्ष सभ्य, शिष्ट र मर्यादित भई आफ्ना समस्या निवेदन गर्न अनुरोध गरेको छ । यूएईमा विभिन्न पेसामा गरी ६ लाख नेपाली कामदार कार्यरत छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने